सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण  « Khabarhub

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो महिला आरोही बनेकी छन् । उनले आइतबार ( मे १७ तारिख ) बिहान १० बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेकी हुन् ।

सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सगरमाथा आरोहण गर्ने उनी तेस्रो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिला कर्मचारीहरूमध्ये पहिलो आरोही बन्न सफल भएकी छन् ।

पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेकी सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीले सशस्त्र प्रहरी बल नेपालको पर्वतीय उद्धार तालिम शिक्षालयबाट उन्नत पर्वतीय उद्धार तालिम प्राप्त गरेकी छन् । साथै उनले मनाङस्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालकोसमेत सफल आरोहण गरिसकेकी छन् ।

रामेछापको गोकुलगंगा गाउँपालिका–१, चुचुरेमा जन्मिएकी आरोही कार्की राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी छन्    ।

सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार उनको सगरमाथा आरोहण अभियानमा शेर्पा निमा साङ्गे शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  १२ : १३ बजे

सेतीवेणी बजारका २६ घर डुबानमा, प्रभावितलाई विद्यालयमा राखियो

वालिङ– अविरल वर्षासँगै कालीगण्डकी नदी र सेतीखोलामा आएको बाढीका कारण

पार्टीभित्र देखिएको विभाजन र मतभेद लामो समय रहँदैन : मोहन बस्नेत

काठमाडौं– नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टीभित्र देखिएको विभाजन र

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको