सहकारी बैंकको सञ्चालक : छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने « Khabarhub

सहकारी बैंकको सञ्चालक : छ प्रदेशमा निर्विरोध, बागमतीमा निर्वाचन हुने


३ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय सहकारी बैंक लिमिटेडको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिको निर्वाचनका लागि छ प्रदेशका सञ्चालक निर्विरोध निर्वातिच भएका छन् । 

निर्वाचनका क्रममा लेखा सुपरीवेक्षण समितिमा एक जना संयोजकसहित दुई सदस्य निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । 

बागमती प्रदेशबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकका लागि भने यही जेठ ९ गते निर्वाचन हुने कार्यक्रम तय भएको हो । 

बागमती प्रदेशको सञ्चालकका लागि सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दलसहित तीन दलले साझा उम्मेदवार घोषणा गरेका छन् । तीन दलले संयुक्त रूपमा बागमती प्रदेशको सञ्चालकका लागि डा परितोष पौडेललाई सञ्चालक उम्मेदवार घोषणा गरेका हुन् । 

उम्मेद्वार घोषणा गर्न आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गीता सत्याल, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता केशव बडाल, खगराज अधिकारी र डा  खेमप्रसाद लोहनी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य लीलामणि पोखरेललगायतले अहिलेको परिस्थितिमा सहकारीको मूल्य, मान्यता अनुसार सहकारी अभियान सञ्चालन गर्न साझा उम्मेदवार घोषणा गरी निर्वाचित गर्ने प्रतिबद्धता जनाएका छन् । 

राष्ट्रिय सहकारी महासङ्घका कार्यवाहक अध्यक्ष रमेश पोखरेल र बागमती प्रदेश सञ्चालक पदका उम्मेदवार पौडेलले सहकारी अभियानलाई पारदर्शी, जवाफदेही र जिम्मेवार रूपमा अघि बढाउन आज बेलुकीसम्म साझा घोषणापत्र तयार पारी सार्वजनिक गरिने जानकारी गराएका थिए । बागमती प्रदेशको सञ्चालकको निर्वाचनका लागि मतदान भने सात वटै प्रदेशका प्रतिनिधिले गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ६ : ५६ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा