मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण « Khabarhub

मिथिला नगरपालिकाका ४८३ परिवारलाई लालपूर्जा वितरण


३ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – विगत लामो समयदेखि (भूमिहीन) सुकुमवासीको रूपमा बस्दै आएका धनुषाको मिथिला नगरपालिकाका ४८३ परिवारलाई आज एक समारोहबीच लालपूर्जा वितरण गरिएको छ । मिथिला नगरपालिका-६, ७, ८ र ९ का (भूमिहीन) सुकुमवासीलाई लालपूर्जा वितरण गरिएको हो ।

गाउँब्लकका जमिन लालपूर्जाबिना भोग गर्दै आएका सुकुमवासीलाई लालपूर्जा वितरण गरिएको जिल्लास्थित नापी कार्यालय दुई नम्बर टोली ढल्केवरले जनाएको छ । टोलीका प्रमुख सीयाराम साहले आवश्यक कागजातसहित नापनक्साको प्रक्रिया पूरा गरेर लालपूर्जा वितरण गरिएको बताए । उनका अनुसार सो टोलीको कार्यालयमा ६५८ जनाले लालपूर्जाका लागि निवेदन दिएका थिए ।

यसअघि सो टोलीले उक्त पालिकाको वडा नंं १, ६ र ७ का ६४ (भूमिहीन) सुकुमवासी परिवारलाई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी लालपूर्जा वितरण गरेको थियो । नापी कार्यालय धनुषाको दुई नं टोलीद्वारा गाउँब्लकको जग्गा नापजाँच गरेर लालपूर्जा वितरण प्रक्रिया सुरु गरेको थियो । त्यसको आधारमा लालपूर्जा वितरण गरिएको प्रमुख साहले जानकारी दिए ।

साहका अनुसार आज यहाँ आयोजित समारोहमा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डल, मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतोलगायत पदाधिकारीले सम्बन्धित जग्गाधनीलाई सो जग्गाधनी लालपूर्जा वितरण गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मण्डलले लामो समयको सङ्घर्ष पश्चात लालपूर्जा प्राप्त गर्नेलाई बधाइ दिँदै लालपूर्जा पाउने प्रक्रियाबाट छुटेकाहरूलाई यथाशीघ्र कानुनी प्रक्रिया पूरा गरेर निजको भोगाधिकार दिलाउनका लागि लालपूर्जा वितरण गर्न अनुरोध गरे । साथै पालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूले आपसी विवादबाट मुक्त भई कार्य गर्न आग्रह गरे ।

मिथिला नगरपालिकाका प्रमुख महतोले लामो समयदेखि लालपूर्जा नपाएका भूमिहीनले अहिले लालपूर्जा प्राप्त गरेर रैतीबाट शासक बनेका भन्दै सबैको सहकार्य र समन्वयमा नगरको विकास गर्नुपर्ने आवश्यकता औँल्याए।

नापी कार्यालयका प्रमुख उमेश साहको अध्यक्षतामा भएको सो कार्यक्रममा नापी कार्यालयअन्तर्गत दुई नं टोलीका प्रमुख सीयाराम साह, मिथिला नगरपालिकाका–६ का वडाध्यक्ष नन्दकिशोर यादव, वडा नं १ का वडाध्यक्ष योगी महतो, वडा नं ५ का वडाध्यक्ष रामचन्द्र महतोलगायत वक्ताले आ(आफ्नो धारणा राखेका थिए ।

धनुषा जिल्लामा ७५ वटा गाउँब्लक छन् । तीमध्ये ७२ वटा गाउँब्लकको जग्गा नापजाँच भइसकेको छ । त्यसअन्तर्गत १२ वटा गाउँब्लकको धनीपूर्जा वितरण भइसकेको नापी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०८३, आइतबार  ८ : ३५ बजे

कांग्रेस लेखा समितिमा तीन सदस्य मनोनीत

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय लेखा समितिमा

कामिरिता शेर्पा ३२औँ पटक सगरमाथा चुचुरोमा

काठमाडौं – विश्वविख्यात हिमाल आरोही कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथाको

कांग्रेसलाई संविधान संशोधनबारे जेनजीले के दिए सुझाव ?

काठमाडौं – नेपाली कांग्रेसले संविधान सांसोधनका विषयमा विज्ञ तथा जेनजीहरुसंग

धार्चेको नौलीखोलामा पुल निर्माण सम्पन्न

गोरखा – उत्तरी गोरखाको लाइफलाइन मानिने बेनिघाट-आरुघाट-लार्के सडकखण्डअन्तर्गत धार्चे गाउँपालिका–७

कांग्रेस कर्णालीले सार्वजनिक गर्यो ‘एकताको दश सूत्र’

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले पार्टीभित्र बृहत्तर एकता