श्रम संस्कृति पार्टीबाट प्लेकार्डसहित संसदमा प्रधानमन्त्री शाहको विरोध « Khabarhub

श्रम संस्कृति पार्टीबाट प्लेकार्डसहित संसदमा प्रधानमन्त्री शाहको विरोध


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विरोध गरेको छ ।

आजको बैठक सुरु हुनासाथ पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरुले प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने भन्दै पर्चा देखाएर विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले देखाएको प्ले कार्डमा ‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको थियो । यस्तै प्रश्नदेखि भाग्न पाइँदै, जनमतलाई सम्मान गर, संसद छलेर अध्यादेश ल्याउन बन्द गर, संसदीय मर्यादा पालन गरजस्ता नारा समेत पर्चामा लेखिएको थियो ।

श्रम संस्कृति पार्टीले संसदभित्र प्रदर्शन गरेपछि सभामुख डीपी अर्यालले विरोधका आफ्नै शैली हुने भन्दै सदनको मर्यादाबाहिर गएर विरोध गर्ने काम बन्द गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ११ : ३४ बजे

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका

आन्तरिक राजस्व बढाउन गण्डकीमा छुट्टै कार्यालय स्थापना

गण्डकी– गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व सङ्कलन बढाउन, राजस्व प्रशासनलाई