पारा तेक्वान्दो टोली मंगोलिया जाँदै « Khabarhub

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै


४ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ । तेक्वान्दोको छनोट प्रतिस्पर्धामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली मंगोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ ।

यही जेठ १२ गते (मे २६ तारिख)मा हुने प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कविराज नेगी लामा तथा व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।

फाइनल खेल्ने खेलाडी जापानमा हुने एसियाली पारा खेलकुदमा सहभागी हुन पाउनेछन् । के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि र्‍याङकिङका आधारमा पलेशा गोवर्धन भने एसियाली पारा खेलकुदका लागि छनोट भइसकेकी प्रशिक्षक लामाले जानकारी दिए । पलेशा विश्व वरीयताको १०औँ स्थानमा छिन् ।

त्यसअघि खेलाडीले मे २५ मा उलानबटारमा हुने ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुनेछन् । यो प्रतियोगितामा भने अमिर र रेणुसहित पलेशाले खेल्नेछिन् । चीनमा अध्ययनरत पलेशा त्यत्तैबाट उलानबटार जानेछिन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहताले सोमबार बिदाइ गरे ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  १० : १४ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस