पारा तेक्वान्दो टोली मंगोलिया जाँदै « Khabarhub

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा नेपालले सहभागिता जनाउने भएको छ । तेक्वान्दोको छनोट प्रतिस्पर्धामा सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली मंगोलियाको उलानबटार प्रस्थान गर्ने भएको छ ।

यही जेठ १२ गते (मे २६ तारिख)मा हुने प्रतियोगिताको के–४४ क्याटगोरीअन्तर्गत पुरुष ६३ केजीमुनि अमिर ब्लोन र महिला ४७ केजीमुनि रेणु तामाङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा कविराज नेगी लामा तथा व्यवस्थापकमा रामचन्द्र श्रेष्ठ छन् ।

फाइनल खेल्ने खेलाडी जापानमा हुने एसियाली पारा खेलकुदमा सहभागी हुन पाउनेछन् । के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि र्‍याङकिङका आधारमा पलेशा गोवर्धन भने एसियाली पारा खेलकुदका लागि छनोट भइसकेकी प्रशिक्षक लामाले जानकारी दिए । पलेशा विश्व वरीयताको १०औँ स्थानमा छिन् ।

त्यसअघि खेलाडीले मे २५ मा उलानबटारमा हुने ११औँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुनेछन् । यो प्रतियोगितामा भने अमिर र रेणुसहित पलेशाले खेल्नेछिन् । चीनमा अध्ययनरत पलेशा त्यत्तैबाट उलानबटार जानेछिन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रामचरित्र मेहताले सोमबार बिदाइ गरे ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १० : १४ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक