अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु « Khabarhub

अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु

दुई संदिग्ध किशोर मृत फेला


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

सान डिएगो – अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ । उक्त घटनामा तीन जनाको मृत्यु भएको छ । घटनामा संलग्न शंकास्पद दुई किशोर पनि मस्जिद नजिकै गुडिरहेको कारभित्र मृत फेला परेको बिबिसीले खबरमा लेखेको छ ।

सान डिएगो काउन्टीकै सबैभन्दा ठूलो मस्जिद मानिने क्लेरमोन्ट क्षेत्रको ‘इस्लामिक सेन्टर अफ सान डिएगो’ मा बीभत्स घटना भएको हो । सान डिएगोका प्रहरी प्रमुख स्कट वाह्लका अनुसार यो घटनालाई ‘घृणाजन्य अपराध’ का रूपमा अनुसन्धान अगाडि बढाइएको छ ।

घटनाको सुरुवातमा एक आमाले आफ्नो छोरा हराएको प्रहरीमा रिपोर्ट गरेपछि थाहा भएको थियो । ती महिलाले प्रहरीलाई आफ्नो छोरासँगै घरमा रहेका केही हतियार र कारसमेत बेपत्ता भएको जानकारी गराएकी थिइन् ।

मस्जिदमा आक्रमण हुँदा त्यहाँ खटिएका सुरक्षाकर्मीले प्रतिकार गरेका थिए । आक्रमणमा मारिएका ती सुरक्षाकर्मीको कदमले अन्य धेरैको ज्यान जोगिएको प्रहरी प्रमुखले बताएका ५न् ।

मस्जिदमा गोली चलाएपछि फरार भएका ती दुई किशोर संदिग्धहरू नजिकैको सडकमा गुडिरहेको कारभित्र मृत अवस्थामा फेला परेका थिए । उनीहरूले आफैँलाई गोली हानेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ६ : ३२ बजे

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

तुलसीपुर– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीमा पहिरोमा परी दाङका

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको शव भेटियो

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी

जेन-जी शहीद दिवस : परिवारका आँखामा आँसु

काठमाडौं– जेन-जी सहिद दिवस विभिन्न कार्यक्रमको आयोजना गर्दै मंगलबार देशभर

चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं- चीनले नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको चौथो

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण