तौल घटाउन बिहान–बिहानै पानी पिउन आवश्यक छ ? « Khabarhub

तौल घटाउन बिहान–बिहानै पानी पिउन आवश्यक छ ?


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

स्वस्थ स्वास्थ्यका लागि पर्याप्त मात्रामा पानी पिउनु अत्यन्तै आवश्यक हुन्छ । त्यसमा पनि यदि तपाईं आफ्नो शरीरको तौल घटाउने सोचमा हुनुहुन्छ भने पानी अझ बढी आवश्यक हुन्छ ।

बिहान उठेपछि सबैभन्दा पहिला पानी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा तपाईंले सुन्नुनै भएको होला ।

तौल घटाउनका लागि बिहान सबैभन्दा पहिला मनतातो पानी पिउनु राम्रो हुने बताइन्छ । तर बिहान पानी पिउनाले तौल घटाउने कार्यमा फाइदा छ वा छैन भन्नेबारे तपाईंलाई जानकारी छ ?

यसबारे केही जानकारी हामी प्रस्तुत गर्दछौँ ।

पानी पिउनाले क्यालोरी इन्टेक घट्ने बताइन्छ । किन भने यसले तपाईंको पेट भरिएको हुन्छ । यद्यपि, यो कुरा पूर्ण रुपमा भने सत्य होइन । युवाका लागि यो त्यति फाइदाजनक हुँदैन । तर पनि यसले तपाईंको शरीरलाई ओसिलो बनाइ राख्न सहयोग पुग्ने छ ।

हाम्रो शरीरमा अनावश्यक फोहोर तत्वलाई हटाउने काम किड्नी (मिर्गौला) ले गर्दछ । पानीले मिर्गौलालाई राम्रोसँग काम गर्न महत्वपूर्ण सहयोग पुग्दछ । तर यसको पानी पिउने समयसँग कुनै सम्बन्ध हुँदैन ।

बिहान पिसाबको रङ्ग गाडा पहेलो हुन्छ । यसबाट मानिसलाई शरीरमा पानीको कमी भयो कि भन्ने लाग्छ । जसका कारण बिहान पानी पिउन आवश्यक हुन्छ । तर पिसाबको रङ्ग पर्याप्त मात्रामा पानी पिउनाले संलिन्छ भन्ने होइन । यस्तो हुनुको कारण मानिस बढी ध्यानमग्न हुँदा बिहान पिसाब गाडा हुने गर्छ ।

महत्वपूर्ण कुरा

बिहान सबैभन्दा पहिले पानी पिउनाले शरीरको तौल घटाउन सहयोग पुग्छ भन्ने कुनै स्पष्ट आधार छैन ।

यद्यपि, तपाईंको बिहान पानी पिउने बानी छ भने त्यसमा कुनै बेफाइदा छैन । तपाईं बिहान पानी पिउनु हुन्न भने पनि केही फरक पर्दैन । तर शरीरलाई दिनभर चाहिने आवश्यक पानी पिउनु चाहिँ तपाईंका लागि जरुरी हुन्छ ।

दिनमा कम्तिमा दुई लिटर पानी पिउनु चाहिँ तपाईंका लागि आवश्यक हुन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  २ : ३१ बजे

राधिका शाक्य भन्छिन् : ओलीले भ्रष्टाचार गर्‍यो, अकूत कमायो भन्छन् तर हामीसँग निजी सम्पत्ति छैन

दमक- राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा

वडा भू–प्रशासन सेवा केन्द्र सञ्चालन गर्न कर्मचारीलाई प्रक्रिया र प्रणाली सम्बन्धी तालिम सुरु 

काठमाडौं– वडाबाट भू–प्रशासन सेवा प्रारम्भ गर्न काठमाडौं महानगरपालिकाले कर्मचारीहरूका लागि

नेप्से परिसूचक २७ अङ्कले घट्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको

केही शक्ति संघीयता असफल बनाउने षड्यन्त्र गरिरहेका छन् : उपेन्द्र यादव

सप्तरी- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा संघीय

राजनीतिमा पुस्ता : उमेरको होइन, चरित्रको बहस गरौँ

नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ–