वीरगञ्जबाट समातिएका प्रसाईंविरुद्ध तीन दिन म्याद थप « Khabarhub

वीरगञ्जबाट समातिएका प्रसाईंविरुद्ध तीन दिन म्याद थप


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पर्साको वीरगञ्जबाट सोमबार राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध प्रहरीले तीन दिनको म्याद लिएको छ।

प्रहरीले उनलाई वीरगञ्जस्थित होटल सिद्धार्थ दियालोबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको थियो ।

प्रसाईंलाई मंगलबार जिल्ला अदालत पर्सामा उपस्थित गराएपछि अनुसन्धानका लागि तीन दिनको म्याद मिलेको हो ।

सामाजिक सञ्जालमार्फत् उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भाव बिगार्ने गतिविधि गरेको र राज्यविरुद्ध उक्साउने गतिविधिमा संलग्न रहेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।

‘माथिको आदेश’ भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । प्रसाईं यसअघि केपी शर्मा ओली र सुशीला कार्की नेतृत्वको सरकारको निशानामा परिरहन्थे। अब वालेन्द्र शाहले पनि पनि उनका गतिविधिमा नियन्त्रण गर्न थालेका हुन् ।

‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक रहेका प्रसाईं एक कार्यक्रममा सहभागी हुन वीरगन्ज पुगेका थिए । उक्त कार्यक्रम भोलिका लागि तय गरिएको थियो ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ४ : २६ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच