दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन  « Khabarhub

दर्ता नभएका फार्मेसीमा औषधि बिक्री वितरण नगर्न विभागको निर्देशन 


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा औषधि बिक्री वितरण नगर्न सबै थोक विक्रेतालाई निर्देशन दिएको छ ।

विभागले मंगलबार एक सूचना जारी गर्दै विभागमा दर्ता भएका बिक्री केन्द्र, औषधि पसल, फार्मेसी तथा कानुनबमोजिम दर्ता भएका संस्थालाई मात्रै औषधि बिक्री वितरण गर्नुपर्ने जनाएको हो ।

विभागका अनुसार औषधि दर्ता नियमावली, २०३८ को नियम ११ बमोजिम औषधिको बिक्री वितरण तथा भण्डारण प्रक्रियालाई व्यवस्थित, गुणस्तरीय, सुरक्षित र प्रभावकारी बनाउन ‘औषधि बिक्री वितरण संहिता, २०८०’ लागू गरिएको छ ।

उक्त संहिताको दफा ९ को उपदफा (२) मा थोक बिक्रेताले विभागमा दर्ता भएका बिक्री केन्द्र वा फार्मेसीलाई मात्रै औषधि बिक्री गर्नुपर्ने व्यवस्था रहेको विभागले जनाएको छ ।

तर विभागीय निरीक्षणका क्रममा केही थोक विक्रेताले दर्ता नभएका औषधि पसल तथा फार्मेसीमा समेत औषधि बिक्री वितरण गरिरहेको पाइएको भन्दै विभागले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

विभागले थोक तथा खुद्रा विक्रेता, औषधि पसल र फार्मेसीलाई औषधि बिक्री गर्दा अनिवार्य रूपमा बिल विजक जारी गर्न तथा खरिदकर्ताको विवरण उल्लेख गर्नसमेत निर्देशन दिएको छ ।

औषधि बिक्री वितरण संहिता, २०८० को व्यवस्था उल्लंघन गरी दर्ताविहीन बिक्री केन्द्रमा औषधि बिक्री गरेको पाइए औषधि ऐन, २०३५ अनुसार कारबाही गरिने विभागले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ५ : २८ बजे

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागुऔषध गाँजा

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले आवश्यक समन्वय गरिरहेको छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका घाइतेको प्रभावकारीका लागि