स्थापना भएको तीन दशकपछि बन्यो प्रहरी चौकी « Khabarhub

स्थापना भएको तीन दशकपछि बन्यो प्रहरी चौकी


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४, राक्सेमा प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन निर्माण भएको छ । 

सुविधायुक्त भवन निर्माण भएपछि प्रहरी चौकीको सेवा प्रवाह, कार्यालय सञ्चालन र सुरक्षाकर्मीहरूलाई आवास ब्यवस्थापनमा सहज भएको छ । नवनिर्मित भवनको बिहीबार गण्डकी प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक दिपेन्द्र घर्ती क्षेत्रीले उद्घाटन गरे । 

‘पूर्वाधारले प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनेको छ,’ उनले भने ‘प्रविधिको प्रयोग गरी प्रहरी सेवाको गुणस्तर सुधारमा जोड दिएका छौ ।’ बेनी नगरपालिका–४ का वडा अध्यक्ष भगवान खड्काका अनुसार वि.स. २०५० अघि स्थापना भएको सिंगा तातोपानी प्रहरी चौकीले तीन दशकपछि आफ्नै भवन पाएको हो । 

‘वि.स. २०५० अघि नै सिंगामा स्थापना भएको प्रहरी चौकी हालसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको थियो,’ उनले भने, ‘वि.स. २०६८ मा नेपाल सरकारको रु. १० लाख ५० हजार र सिंगा तातोपानी कुण्डको रु. चार लाख २५ हजारमा खरिद भएको दुई रोपनी जग्गामा गण्डकी प्रदेश सरकारले बजेट व्यवस्था गरेपछि भवन निर्माण सम्भव भएको हो ।’

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले भवन निर्माणका लागि वि.स. २०८१ असारमा रु. तीन करोड ५१ लाख सात सय २९ मा दिव्यज्योति निर्माण सेवासँग ठेक्का सम्झौता गरेको थियो ।

उद्घाटनका अवसरमा निर्माण कम्पनी, जग्गा खरिदमा सहयोग गर्ने तातोपानी कुण्ड, वडा कार्यालय र सहयोगदाताहरूलाई सम्मान गरिएको थियो । 

निर्माण कम्पनीले निर्धारित समय भित्रनै भवन निर्माण गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताए ।

भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवनमा कार्य प्रशासन शाखा, महिला, पुरुष थुनुवा कक्ष, सञ्चार कक्ष, भान्सा, ब्यारेक, शयन कक्षहरु छन् । 

यसअघि म्याग्दीमा जिल्ला प्रहरी, कालीपुल, भुरुङ–तातोपानी, मौवाफाँट र ताकम प्रहरी चौकीको आफ्नै भवन रहेका थिए । 

इलाका प्रहरी कार्यालय दरवाङ, घोडेपानी, बाबियाचौर, गलेश्वर, रत्नेचौर, मङ्गलाघाट, चिमखोला, तिप्ल्याङ, दाना, घार, पाखापानी, राखु भगवती प्रहरी चौकीको आफ्नै भवन छैन । जग्गा प्राप्ति प्रहरी चौकीको भवन निर्माणका लागि मुख्य चुनौती बनेको प्रहरी महानिरीक्षक घर्तीक्षेत्रीले बताए । 

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १ : १४ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित