अमेरिकाले कब्जा गरेको जहाजका २० इरानी नाविक तेहरान फर्किए « Khabarhub

अमेरिकाले कब्जा गरेको जहाजका २० इरानी नाविक तेहरान फर्किए


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले कब्जा गरेको इरानी जहाजमा सवार २० जना नाभिक इस्लामाबाद हुँदै तेहरान फर्किएका छन् ।

इरानको सरकारी समाचार एजेन्सी इर्नाका अनुसार, उनीहरूको रिहाई तथा सुरक्षित फिर्ती बहुपक्षीय कूटनीतिक प्रयासपछि सम्भव भएको हो ।

इर्नाको रिपोर्टअनुसार, इरानी विदेशमन्त्रीले पाकिस्तान र सिंगापुरका विदेशमन्त्रीहरूसँग निरन्तर सम्पर्कमा रहेर यो प्रक्रिया पूरा गरेका थिए । नाभिकहरू अमेरिकी कारबाहीपछि सिंगापुर नजिकको समुद्री क्षेत्रमा फसेका थिए ।

यसअघि अमेरिकाले कब्जा गरेको एमभी टोयुस्का जहाजका २२ चालक दलका सदस्यहरूलाई पाकिस्तान पुर्‍याइएको थियो । तिनीहरूमध्ये धेरैलाई पहिले नै इरान फर्काइसकिएको थियो ।

नाभिकहरूको रिहाइलाई सकारात्मक कदम मानिए पनि इरानको आन्तरिक सुरक्षा नीति निकै कडा रहेको देखिन्छ ।

इरानमा दुईजनालाई फाँसी

यसैबीच, इरानले दुईजनालाई फाँसी दिएको छ । तस्नीम न्यूज एजेन्सीका अनुसार उनीहरूमाथि देशको सुरक्षा नोक्सान पुर्‍याउने, आतंककारी संगठनसँग सम्बन्ध राख्ने, आपराधिक गिरोह गठन गरी सशस्त्र विद्रोह गर्ने, गोलाबारी र हत्या प्रयास गरेको आरोप थियो ।

इरानी अधिकारीहरूका अनुसार, यी गतिविधिहरू कथित आतंककारी समूहको निर्देशनमा गरिएको थियो ।

हालका महिनाहरूमा इरानमा सुरक्षा तथा जासुसीसम्बन्धी मुद्दामा पक्राउ र फाँसीका घटनाहरू बढ्दै गएका छन् ।

यी घटनाहरू इरान–अमेरिका तनावको बीचमा कूटनीतिक र सुरक्षा दुवै पक्षलाई उजागर गरिरहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ३ : ०१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार