अदालतसमक्ष रुप ज्योतिले भने- मलाई सुनियोजित रुपमा फसाउन खोजियो « Khabarhub

अदालतसमक्ष रुप ज्योतिले भने- मलाई सुनियोजित रुपमा फसाउन खोजियो


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ठगी आरोपमा पक्राउ परेको व्यवसायी रुप ज्योतिलाई जिल्ला अदालत काठमाडौँले पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराइएका उनलाई ५ दिनको समय थपरे अनुसन्धान गर्न अनुमति दिएको काठमाडौँ प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

उनले अदालतसमक्ष आइतबार आफूमाथि लागेको ठगीको आरोप अस्वीकार गर्दे आफू र आफ्नो परिवारलाई सुनियोजित रुपमा फसाउन खोजिएको दाबी गरे ।

जिल्ला न्यायाधीश ओमप्रसाद अर्यालसामू उनले आफ्नो दोष के हो भनेर प्रश्न गरेका थिए । उनलाई प्रहरी थुनामा राख्ने समय थप्ने नथप्ने भन्ने विषयमा जिल्ला अदालत काठमाडौंमा भएको वहसमा ज्योतिले यस्तो प्रश्न गरेका हुन् ।

‘मैले जुन रकम तिर्नुपर्छ भन्ने दाबी गरेर जाहेरी दिएको छ, त्यो रकम तिर्न पाउँ भनेर मैले नै यही सम्मानित जिल्ला अदालतमा कोर्ट फि तिरेर रकम जम्मा गरिसकेको छु, अरु दोष केही भए त्यो मलाई जानकारी गराइएको छैन, पैसा तिर्न पाउँ भनेर अदालतमा रकम राखेको व्यक्तिलाई त्यही रकम तिरेन भनेर किन जेलमा राख्नुपर्यो,’ डा. ज्योतिले प्रश्न गरेका थिए ।

डा. ज्योतिमाथि काठमाडौंका बृजेशकृष्ण मल्लले आफूलाई १ करोड २६ लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए ।

सोही जाहेरीका आधारमा प्रहरीले गत कार्तिक २१ उनी र उनकी छोरीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । यसअघि प्रहरीले उनीमाथि अनुसन्धान गर्न भन्दै ३ दिन म्याद लिइसकेको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ६ : २५ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली