अमेरिकी-इजरायली आक्रमणमा ध्वस्त भवन भित्रबाट ७२ सयलाई इरानले जीवितै निकाल्यो « Khabarhub

अमेरिकी-इजरायली आक्रमणमा ध्वस्त भवन भित्रबाट ७२ सयलाई इरानले जीवितै निकाल्यो


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानी रेड क्रिसेन्ट सोसाइटी (आईआरसीएस) ले अमेरिका र इजरायलको हवाई हमलाका क्रममा घरको भग्नवाशेषमा पुरिएका ७२०० भन्दा बढीलाई जीवितै निकालेको ।

संगठनले पहिलोपटक उद्धार अभियानको भिडियो पनि सार्वजनिक गरेको छ।

आईआरसीएसले सामाजिक सञ्जलामा शेयर गरेको भिडियोमा आफ्ना उद्धारकर्मी र स्वयंसेवकहरूलाई ध्वस्त भवनहरूको भग्नवाशेषबाट मानिसहरूलाई निकाल्दै गरेको देखाइएको छ।

धेरैजसो मानिसहरू धुलोले ढाकिएका अवस्थामा देखिन्छन्, जसलाई स्ट्रेचर र हातको सहाराले बाहिर निकालिएको छ।

भिडियोमा धेरै अग्ला आवासीय भवनहरू पूरै भत्किएको देखिन्छ। बमबारीपछि धेरै क्षेत्रमा ठूलो स्तरको राहत र उद्धार अभियान सञ्चालन गर्नुपरेको थियो।
आईआरसीएसका अनुसार यो युद्ध फेब्रुअरी २८ देखि सुरु भएर अप्रिल ८ सम्म चलेको थियो। यस अवधिमा संगठनले निरन्तर उद्धार अभियान चलाएको थियो।

संगठनले सोसल मिडिया पोस्टमा भनेको छ, ‘युद्धका क्रममा आईआरसीएसका सहायता कार्यकर्ताहरूले भग्वाशेष मुनिबाट ७२०० भन्दा बढी मानिसहरूलाई जीवितै बचाए।’

आईआरसीएसले युद्धविराम लागू हुनुअघिसम्म प्रभावित क्षेत्रहरूमा राहत र उद्धार अभियान जारी रहेको जनाएको छ। संगठनका टोलीहरूले औषधि र मानवीय सहायता पनि उपलब्ध गराएका थिए।

रेड क्रिसेन्ट सोसाइटी इरानको प्रमुख मानवीय राहत एजेन्सी हो। यसले युद्ध, प्राकृतिक विपत्ति र आपतकालीन अवस्थामा उद्धार तथा चिकित्सा सहायता प्रदान गर्ने काम गर्छ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ११ : ३९ बजे

रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी अध्ययन गर्न जाँचबुझ समिति गठन

काठमाडौं– सरकारले सङ्गीत रोयल्टी, प्रतिलिपि अधिकार तथा बौद्धिक सम्पत्तिसम्बन्धी विवाद,

रास्वपा सांसदहरूका कुरा सुन्दै रवि लामिछाने (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूसँग सभापति रवि लामिछानेले एक्लै छलफल

वैशाखमा पक्राउ परे एक हजार बढी लागूऔषध कारोबारी

काठमाडौं– वैशाख महिनामा देशभरबाट एक हजार ५६ जना लागूऔषध कारोबारमा

बेलायती मन्त्री मल्होत्रा नेपालमा

काठमाडौं– संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएकी

कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले आफ्नो नामका अगाडि कानुनविपरीत रूपमा प्रयोग