युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण « Khabarhub

युद्धविरामको बाबजुद लेबनानमा इजरायली आक्रमण


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेरुसेलम– इजरायली सेनाले दक्षिण लेबनानमा गरेको पछिल्लो हवाई आक्रमणमा दुई जनाको मृत्यु भएको बताएको छ ।

गत हप्ता इजरायली र लेबनानी अधिकारीहरूको सम्झौतामा विस्तार गरेको युद्ध–विरामको बाबजुद इजरायल र इरान समर्थित समूहले लेबनानको दक्षिणी क्षेत्रमा नियमित रूपमा गोलीबारी गर्दै आएका छन् ।

“केही समय अघि, आइडिएफको निगरानीले दक्षिणी लेबनानमा इजरायली क्षेत्रबाट सयौँ मिटर टाढा हिँडिरहेका दुई सशस्त्र व्यक्तिहरू पहिचान गरेको इजरायली सेनाले टेलिग्राममा पोस्ट गरेको थियो । आईडीएफले उनीहरूको पहिचान र निरन्तर निगरानी गरे पछि, ती व्यक्तिहरूलाई हवाई आक्रमण गरी मारिएको पुष्टि गरेको छ । 

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले दक्षिणी टायर जिल्लामा इस्लामिक स्वास्थ्य समितिको साइटमा रात भर भएको आक्रमणमा चार जनाको मृत्यु भएको र दुई चिकित्सक घाइते भएको जनाएको छ ।

अप्रिल – १७ मा युद्धविराम सुरु भए देखि, इजरायलले दक्षिण लेबनानमा आक्रमणहरू गर्न, र निकासी आदेशहरू जारी गर्ने प्रक्रिया जारी राखेको छ, भने यसले हेजबुल्लाहलाई लक्षित गरि  आक्रमण जारी राखेको बताएको छ ।

अमेरिका–इजरायली आक्रमणमा इरानका सर्वोच्च नेताको हत्याको बदलामा हेजबुल्लाहले मार्च –२ मा इजरायलमा रकेट प्रहार गरेको थियो ।

इजरायली सेनाले लेबनानको सिमानाको करिब १० किलोमिटर वरपरको क्षेत्रमा हवाई  आक्रमण तथा स्थलगत आक्रमणको जवाफ दिएको थियो । लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली आक्रमणले व्यापक क्षेत्रीय युद्ध सुरु भएदेखि कम्तिमा  तीन हजार ८९ जनाको ज्यान गएको बताएको छ ।

इजरायली सेनाले लडाइँको क्रममा २२ जना सैनिकको मृत्यु भएको जनाएको छ । गत हप्ता वासिङ्टनमा लेबनानी र इजरायली प्रतिनिधिहरू बिच तेस्रो चरणको प्रत्यक्ष वार्ता पछि अस्थायी युद्धविराम ४५ दिनका लागि बढाइएको थियो, जसमा हिजबुल्लाहले कडा विरोध गरेको थियो ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १ : ४० बजे

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा