मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक « Khabarhub

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– नेपाल–चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ ।

चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा संयुक्त सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बसेको हो ।

बैठकमा झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका आठ जना चिनियाँ प्रतिनिधिमण्डलको सहभागी थियो । चिनियाँ प्रतिनिधिमण्डलमा झोङ्बा काउन्टीका जनसरकारका उपकाउन्टी प्रमुख डुन्जु युजिए, सुरक्षा ब्युरोका निर्देशक लोयिङ, काउन्टीका सुरक्षा ब्युरोका वैदेशिक सम्पर्क अधिकृत सिरेन झाशी र झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका पाँच जना कर्मचारीहरुको उपस्थिती थियो ।

नेपालतर्फबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीलगायतको उपस्थिति थियो । यसैगरी नेपाल–चीन संयुक्त सीमा सुरक्षा समन्वयात्मक बैठकमा लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छ्युमी विष्टलगायतको उपस्थिति रहेको थियो ।

लोमान्थाङमा आयोजित नेपाल–चीन संयुक्त सीमा सुरक्षा बैठक द्विपक्षीय आपसीहितका विषयमा छलफल भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी शर्माले कोरलानाका क्षेत्रको सीमा सुरक्षा, कोरला नाकाको सीमा सुरक्षा आवागमनमा कसरी सहज बनाउने र सीमाक्षेत्रमा हुनसक्ने सम्भावित अपराध, चोरी तस्करी र अवान्छित गतिविधिहरुको नियन्त्रणमा कसरी भूमिका खेल्नेलगायतका विषयमा मौखिक छलफल भएको बताए ।

यसैगरी आगामी दिनमा दुई देशबीचको स्थानीय जनसरकार र प्रशासनबीचको सम्वन्धलाई थप प्रभावकारी र परिस्कृत तुल्याउँदै लैजाने भन्ने विषयमा छलफल भएको प्रजिअ शर्माले उल्लेख गरे ।

यसैगरी लोमान्थाङमा आयोजित (नेपाल–चीन) संयुक्त सुरक्षा समन्यात्मक बैठकको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले सहजीकरण गरेका थिए । नेपाल–चीन कोरलास्थित सीमावर्ती दुईदेशबीचको स्थानीय जनसरकार र प्रशासनबीचको सुमधुर सम्बन्धलाई सुधार गर्दै थप परिस्कृत बनाउँदै लैजाने मौखिक सहमति भएको गाउँपालिका अध्यक्ष बिष्टले उल्लेख गरे । सीमा क्षेत्रमा देखिएका समस्या र चुनौतीहलाई दुई देशका स्थानीय सुरक्षा अधिकारी र जनप्रतिनिधिहरु मिलेर आपसी समन्वय र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाइएको छ ।

नेपाल–चीन उत्तरी कोरलास्थित नेपाल–चीनका सुरक्षा अधिकारी र स्थानीय जनतिनिधिहरुबीच बर्सेनि आलोपालो समन्वयात्मक बैठक बस्ने प्रचलन छ । चालु वर्षको भदौ महिनामा चीनको स्वशासित क्षेत्र तिब्बतको झोङ्बा काउन्टीमा नेपाल–चीन संयुक्त सुरक्षा समन्वयात्मक बैठक सम्पन्न भएको थियो ।

बैठकका लागि चिनियाँ टोली कोरलानाका हुँदै मुस्ताङको लोमान्थाङ आइपुगेका थिए । यसैगरी मुस्ताङका प्रमुख जिल्ला अधिकारी शर्मालगायत सुरक्षा प्रमुखको टोली बिहीबारनै बैठकका लागि लोमान्थाङ पुगेका थिए । (रासस)

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  १० : ५३ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको