गार्मेन्ट उद्योग स्थापना गर्न बङ्गलादेश इच्छुक « Khabarhub

गार्मेन्ट उद्योग स्थापना गर्न बङ्गलादेश इच्छुक


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कपडा तथा कपडाजन्य उद्योगमा संसारभर नै प्रख्याती कमाएको बङ्गलादेशले नेपालमा समेत लगानी गर्ने इच्छा देखाएको छ ।

गार्मेन्ट उद्योग खोल्ने भन्दै बङ्गलादेशको एक कम्पनीले उद्योग विभागमा आवेदन दिएको छ । गार्मेन्ट उद्योगबाटै बङ्गलादेशको अर्थतन्त्र उकालो लागेको सकारात्मक अनुभवलाई नेपालसँग पनि साटासाटा गर्ने लक्ष्यका साथ बङ्गलादेशी कम्पनीले नेपालमा उद्योग स्थापना गर्न लागेको हो ।

उद्योग विभागका अनुसार बङ्गलादेशी कम्पनीले रु १५ करोड लगानीमा पहिलो चरणमा ३२ जनालाई रोजगारी दिने गरी उद्योग स्थापना गर्न लागेको हो । चालू आवको चार महिनाको अवधिमा कूल रु १३ अर्ब बराबरको लगानी प्रतिबद्धता आएको छ । त्यसमध्ये उत्पादनमूलक उद्योगतर्फ बङ्गलादेशी कम्पनीले चासो देखाएको हो ।

शतप्रतिशत वैदेशिक लगानी रहने गरी स्थापना हुन लागेको उक्त उद्योगले तयारी पोशाक एक लाख ३५ हजार उत्पादन गर्ने क्षमता राख्छ । त्यसमा शर्ट ३५ हजार थान, टाउजर १० हजार थान, ट्रयाकसुट २० हजार थान, टिसर्ट २० हजार थान, ज्याकेट २० हजार थान, वेस्टकोट १० हजार थान, स्कर्ट पाँच हजार थान, जम्पसुट पाँच हजार थान र कुर्था १० हजार थान उत्पादन गर्ने लक्ष्य राखिएको छ । मध्यम खालको उद्योग स्थापना गर्ने गरी विभागमा आवेदन दिएको विभागको भनाइ छ ।

सन् २०१८ मा बङ्गलादेशले कूल ३२ दशमलव ९२ बिलियन बराबरको गार्मेन्ट निर्यात गरेको थियो । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको तीन महिनाको अवधिमा मात्रै बङ्गलादेशबाट कूल रु एक अर्ब ७० करोड ९४ लाख ९६ हजार बराबरको मालवस्तु आयात भएको छ ।

नेपालबाट भने सो अवधिमा कूल रु ३९ करोड १३ लाख ८० हजार बराबरको सामान निर्यात भएको छ । नेपाल र बङ्गलादेशबीच रु एक अर्ब ३१ करोड ८१ लाख १७ हजार बराबरको व्यापार घाटा रहेको छ ।

नेपाल र बङ्गलादेशबीच दोहोरो कर उन्मुक्तिसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाले पनि उत्पादनमूलक उद्योग स्थापना गरेर व्यापार घाटा घटाउन सकिने अवसर सिर्जना भएको छ । गार्मेन्ट उद्योगमा प्रख्याती कमाएको बङ्गलादेशको अनुभवबाट नेपालले पनि फाइदा लिने सक्ने देखिन्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार कूल १०३ वटा गार्मेन्ट उद्योगले आफ्ना उत्पादन निर्यात गर्दै आएको छ । सो केन्द्रका अनुसार चालू आवको तीन महिनामा तयारी पोशाकको निर्यातमा ५.९ प्रतिशतले ह्रास आएको छ ।

जुट तथा जुटका उत्पादनको निर्यातमा १०.७ प्रतिशतले वृद्धि भई रु एक अर्ब ४१ करोड बराबरको निकासी भएको छ । यस्तै रु ७८ करोडको टेक्सटायल र ५७ करोडको पश्मिना सल निर्यात भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : १६ बजे

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै

इमरान भेट्न जेल पुगे बहिनी र पत्नी, उपचारका लागि अस्पताल सार्न सर्वोच्चको आदेश

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानसँग उनकी बहिनी नोरीन नियाजी र