सात लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ « Khabarhub

सात लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न २ जना पक्राउ


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ७ लाख रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका-१५ बाट प्रहरीले विराटनगर महानगरपालिका-१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योति कुमार साह र भारत अररिया जोगबनी बस्ने १९ वर्षीय विक्की कुमार साहलाई पक्राउ गरेको हो ।

सोही ठाउँस्थित खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ज्योति कुमारको साथमा ४ लाख रुपैयाँ र मोटरसाइकलमा सवार विक्की कुमारको साथमा ३ लाख रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

उक्त रकमको उनीहरुले कुनै श्रोत खुलाउन सकेका छैनन् । प्रारम्भीक अनुसन्धानको क्रममा उक्त रकम भारत अररिया जोगवनी बजारबाट एक जना व्यक्तिले हुण्डी कारोवार अन्तर्गत पठाएको र यसरी पठाएको रकम सम्वन्धित व्यक्तिको जिम्मा लगाएपछि प्रति १ लाख १ सय रुपैयाँ पाउने गरेको खुल्न आएको छ ।

उनीहरूलाई आइतबार थप अनुसन्धान तथा कारवाहीको लागि मुल भन्सार कार्यालय रानी विराटनगरमा वुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : १२ बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारीको शपथ बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित

मौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित

काठमाडौं- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा कार्यवाहक गभर्नर किरण

गुणस्तरहीन खाना बेच्ने होटल–रेस्टुरेन्टलाई गृह मन्त्रालयले हदैसम्मको कारबाही गर्ने

काठमाडौं- मुलुकमा सञ्चालित कतिपय होटल तथा रेस्टुरेन्टहरूमा खानाको गुणस्तर र

मौद्रिक नीतिले ब्याजदरभन्दा संरचनात्मक सुधारमा जोड दिनुपर्छ : बैंकिङ विज्ञ भट्टराई

काठमाडौं– बैंकिङ प्रणालीमा पर्याप्त तरलता, न्यून ब्याजदर र ऋण प्रवाह