१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने « Khabarhub

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ आयोजना हुने भएको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिइएको हो । आयोजकका अनुसार आठ दिने कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको छ । 

पहिलो चरणअन्तर्गत जेठ १५ देखि २० गतेसम्म लेखकहरूको कार्यशाला सञ्चालन हुनेछ भने दोस्रो चरणमा जेठ २१ र २२ गते साहित्य महोत्सव आयोजना गरिनेछ । 

कार्यशालामा विश्व प्रसिद्ध कवि, लेखक तथा प्रशिक्षकहरूले कविता, संस्मरण, हाइकु, फ्ल्यास फिक्सनलगायत विभिन्न विधामा प्रशिक्षण दिने जनाइएको छ । 

लेखनमा अड्किएका स्रष्टाहरूलाई सिर्जनात्मक रूपमा अघि बढाउन कार्यशालाले सहयोग गर्ने आयोजकको भनाइ छ । कार्यक्रम केवल होटलमा सीमित नराखी काठमाडौंका मन्दिर, गुम्बा तथा ऐतिहासिक सम्पदा स्थलहरूको भ्रमणसँगै सञ्चालन गरिने बताइएको छ । 

सहभागीहरूलाई नेपाली समाज, संस्कृति र प्राकृतिक सौन्दर्यसँग प्रत्यक्ष परिचित गराइने आयोजकले जनाएको छ ।

त्यस्तै साहित्य महोत्सवअन्तर्गत पुस्तक विमोचन, कविता वाचन, सांस्कृतिक कार्यक्रम तथा पहिलोपटक नेपालमा पोएट्री फिल्म फेस्टिभल आयोजना गरिनेछ । कार्यक्रममा युवा, महिला तथा वरिष्ठ पुस्ताका साहित्यकारहरूको विशेष सहभागिता रहने आयोजकले जनाएको छ ।

महोत्सवमा नेपालसहित विभिन्न देशका चर्चित साहित्यकार, कवि तथा कलाकारहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय साहित्यिक केन्द्रका रूपमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ४ : ५४ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको