फिफा विश्वकप : इरानको बेस क्याम्प अमेरिकाबाट मेक्सिको सारियो « Khabarhub

फिफा विश्वकप : इरानको बेस क्याम्प अमेरिकाबाट मेक्सिको सारियो


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले सन् २०२६ को फिफा विश्वकपका लागि तय गरिएको आफ्नो बेस क्याम्प अमेरिकाबाट मेक्सिको सारिएको जनाएको छ।

इरान फुटबल महासंघका अध्यक्ष मेह्दी ताजले शनिबार जारी वक्तव्यमार्फत फिफाले उक्त परिवर्तनलाई स्वीकृति दिएको जानकारी दिएका हुन्। यद्यपि फिफाले औपचारिक रूपमा यसको पुष्टि गरिसकेको छैन।

यसअघि इरानको प्रशिक्षण क्याम्प अमेरिकाको ट्युक्सनमा रहने तय भएको थियो। तर मध्यपूर्वमा जारी युद्ध र सुरक्षा चिन्ताका कारण बेस क्याम्प सार्ने सम्भावनाबारे चर्चा चलिरहेको थियो।

अब इरानी टोली मेक्सिकोको टीजुनामामा बस्नेछ, जुन अमेरिकाको सान डियागो नजिक पर्छ।

सन् २०२६ को विश्वकप जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन्।

मेहदी ताजले सबै सहभागी टोलीका बेस क्याम्प फिफाको स्वीकृतिमा मात्रै तय हुने बताएका छन्।

उनले इस्तानबुलमा फिफा र विश्वकप आयोजक अधिकारीहरूसँग बैठक तथा तेहरानबाट फिफा महासचिवसँग भर्चुअल छलफलपछि अमेरिकाबाट मेक्सिको बेस सार्ने इरानको प्रस्ताव स्वीकृत भएको जानकारी दिए।

इरानले समूह ‘जी’ अन्तर्गत जुन १५ मा न्युजिल्यान्ड राष्ट्रिय फुटबल टोलीसँग अमेरिकाको इङ्लेऊडमा खेल्नेछ।

त्यसपछि जुन २१ मा बेल्जियसँग प्रतिस्पर्धा गर्ने तालिका छ। समूह चरणको अन्तिम खेल जुन २६ मा सियाटलमा इजिप्टविरुद्ध हुनेछ।

‘टिम मेल्ली’ नामले परिचित इरान लगातार चौथो पटक र समग्रमा सातौँ पटक विश्वकप खेल्दैछ। तर टोलीले अहिलेसम्म पहिलो चरण पार गर्न सकेको छैन।

इरानी फुटबल महासंघका अनुसार बेस क्याम्प मेक्सिको सार्दा सम्भावित भिसा समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

अब टोली मेक्सिकोमार्फत अमेरिका प्रवेश गर्नेछ। अध्यक्ष ताजले इरान एयरको उडानमार्फत् मेक्सिको आवतजावत गर्न सकिने सम्भावना रहेको बताएका छन्।

विश्वकपका क्रममा टोलीहरूले खेलअघि र खेलपछि प्रशिक्षण तथा तयारीका लागि बेस क्याम्प प्रयोग गर्ने गर्छन्।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ६ : ४२ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक