इंग्लिस प्रिमियर लिग फुटबल- लिभरपुलसँग हार्‍यो सिटी « Khabarhub

इंग्लिस प्रिमियर लिग फुटबल- लिभरपुलसँग हार्‍यो सिटी


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुल विजयी भएको छ । उसले म्यान्चेष्टर सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान लिभरपुल सिटीमाथि हावि देखिएको थियो । साविक विजेता सिटीलाई हराउँदै लिभरपुलले उपाधिमा आफ्नो दाबेदारिता प्रस्तुत गररेको छ ।

जितसँगै लिभरपुलले तालिकामा ८ अंकको अग्रता लिन सफल भएका छ । घरेलु मैदानमा सहज जित निकाल्ने क्रममा फाबिन्होले छैटौ मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए ।

लगत्तै लिभरपुलको डिबक्समा ह्याण्ड भएको भन्दै सिटीले बलियो अपिल गरेको थियो । तर रेफ्रीले त्यसको कुनै सुनुवाई गरेनन् ।

मोहमद सलाहाले १३ औ मिनेटमा हेडमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । एन्ड्रे रोबर्टसनको उत्कृष्ट क्रसमा सलाहाको हेड गोल उत्तिकै उत्कृष्ट थियो ।

साडियो मानेले ५१ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ३–० ले अघि बढाएका थिए । जोडन हेन्डरसनको क्रममा मानेले गोल गर्दै लिभरपुललाई बलियो अवस्थामा पुर्याएका थिए । बेर्नाल्डो सिल्भाले ७८ औ मिनेटमा सिटीका लागि एक सान्त्वना गोल फर्काएका थिए ।

लिभरपुलको डिफेन्स सिटीको अगाडी कमजोर देखिएको थियो । तर योर्गेन क्लोपको लिभरपुल कुनैपनि समय र स्थानबाट सिटीका लागि घातक बन्न सक्ने प्रमाणित गरिदियो ।

लिभरपुल १२ खेलबाट ३४ अंक सहित तालिकाको शीर्ष स्थानमा रह्यो । सिटी २५ अंक सहित चौथो स्थानमा रह्यो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : २३ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा