सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण « Khabarhub

सुत्केरी तथा गर्भवतीलाई पोषण सामग्री वितरण


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

सिरहा– मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको लहान नगरपालिका–का १२५ जना सुत्केरी र गर्भवतीलाई पोषण प्याकेज वितरण गरिएको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले स्वास्थ्य चौकी ढोडनामा आज एक कार्यक्रमका बीच उक्त सामग्री वितरण गगरेका छन् । 

नगरपालिकाले विगत चार वर्षदेखि प्रत्येक महिनामा फरक–फरक वडामा पुगेर यस्ता पोषण प्याकेज वितरण गर्दै आएको छ । पोषण प्याकेजमा चामल, दाल, नुन, तेल, चनालगायत खाद्यान्न सामग्रीका साथै वर्षायाममा लामखुट्टेको प्रकोप बढी हुने भएकाले डेङ्गीलगायत रोगबाट बच्न झुल समेत प्रदान गरिएको हो ।
 
नगरप्रमुख चौधरीले भने, ‘गर्भवती र सुत्केरीको स्वास्थ्य सुनिश्चित गर्नु हाम्रो प्रमुख प्राथमिकता हो । यस्ता कार्यक्रमले सचेतना दिनुको साथै उनीहरूको पोषणस्तर सुधार तथा स्वास्थ्य सेवामा पहुँच सहज बनाउने हाम्रो उद्देश्य हो । आगामी दिनमा यसलाई अझ प्रभावकारी ढङ्गले विस्तार गरिनेछ ।’ 

स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार, पोषण प्याकेज नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई लक्षित गरेर वितरण गरिएको हो । उनले थप जानकारी दिँदै भने, ‘नियमित जाँचमा सहभागी हुने महिलाको सङ्ख्या पछिल्लो समय उल्लेखनीय रूपमा बढेको छ ।’

महिला स्वास्थ्य स्वयंसेविकाले वडामा रहेका गर्भवती र सुत्केरीको प्रारम्भिक तथ्यांक संकलन, व्यवस्थापन तथा सेवाको सहजीकरणमा महत्वपूर्ण भूमिका खेलेको उनले उल्लेख गरे।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ४ : ०० बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको