मुलुक निर्माणमा तीन तहकै सरकार कटिबद्ध : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

मुलुक निर्माणमा तीन तहकै सरकार कटिबद्ध : मुख्यमन्त्री राई


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुक विकास निर्माणको प्रक्रियामा अगाडि बढीरहेको बताएका छन् ।

झापाको सुरुङ्गा र झापा बजार जोड्ने अमरपथ सडकखण्डको शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राईले भने, “मुलुक निर्माणमा तीन तहकै सरकार कटिबद्ध भएर लागेको छ ।”

मुख्यमन्त्री राईले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नेपाल निर्माणको महाअभियानलाई साकार पार्न सबै पक्ष लाग्नुपर्नेमा जोड दिए । सरकारले प्रदेश नं १ मा चीन र भारतका धेरै नाकाहरु खोल्ने तयारी गरिरहेको उनले बताए । मुख्यमन्त्री राईले झापाको सुरुङ्गादेखि भारतको सीमा नाका डिगल बैंकसम्म २४ किलोमिटर सडकको शिलान्यास गरेका हुन् ।

पूर्वाधार विकास कार्यालयबाट निर्माण हुन लागेको सडकको लागत रू एक अर्ब ४ करोड रहेको छ । दुई खण्डमा निर्माण हुन लागेको पहिलो खण्ड ७.८ किलोमिटरको रू ४७ करोडमा कनकाई आशिष जेभी र दोस्रो १८ किलोमिटर सडकखण्डको तुँदी रोशन मैनाचुली जेभीले रू ५७ करोडमा लिएको छ । उक्त सडकको ती वर्षभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ७ : ४२ बजे

शुक्लाफाँटामा क्रिकेट : फुटेको पिचमै फुल्दै आशाको सपना

कञ्चनपुर– फुटेको पिच, बल, च्यातिएको जाली, टुटेको ब्याट र जीर्ण

दसैँको सामग्री बनाउन भक्तपुरका कुम्हाले व्यस्त 

भादगाउँ– भक्तपुर सूर्यविनायकको श्याम प्रजापतिको परिवार यतिबेला दसैँको लागि माटोको

पुनःस्थापनाको पर्खाइमा मुक्त हलिया

कञ्चनपुर– संविधान जारी भएको दशक बितिसक्दा पनि हलिया प्रथाबाट मुक्त

प्रदीप ज्ञवालीलाई प्रश्न- फागुन २१ को निर्वाचन फेस गर्न एमाले तयार छ ?

काठमाडौं – जेन-जी आनदोलनपछि शीर्ष भनिएका पार्टीमा नेतृत्व परिवर्तनको बहस

वीरगञ्जस्थित घण्टाघरको मर्मतसम्भार

वीरगञ्ज– पर्सास्थित वीरगञ्जको प्रतिष्ठाको प्रतीक घण्टाघरको केही भाग भत्किएको संरचना