यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय « Khabarhub

यस्ता छन् मन्त्रिपरिषद्को बैठकका चार निर्णय


११ जेष्ठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न चारवटा निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्नेसहितका चार निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले अर्थसहित विभिन्न मन्त्रालयहरूसँग सम्बन्धित चारवटा निर्णयहरू गरेको पोखरेलले बताए ।

यस्ता छन् निर्णय

१. नेपाल-चीन जोड्ने विद्युत् प्रसारणलाइन आयोजना (चिलिमे-केरूङ) को कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तरपत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने।

२. आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम् समर्थन मूल्य निर्धारण गर्ने, जस अन्तर्गत मोटा धानको प्रतिक्वीन्टल ३,६६० रुपैयाँ र मध्यम धानको प्रतिक्वीन्टल ३,८६० रुपैयाँ तोकिएको छ।

३. सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ को प्रतिवेदनलाई सार्वजनिक गर्ने ।

४.  नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा सहसचिव श्री मुकेश डंगोललाई नियुक्ति गर्ने निर्णय ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ५ : १२ बजे

युक्रेनको ओलेस्कीमा मानवीय सहायता पुर्‍याउन सीमित युद्धविराम

 एजेन्सी – रुसी नियन्त्रणमा रहेको युक्रेनको दक्षिणी सहर ओलेस्कीमा मानवीय सहायता

कर्णालीले गुमायो तेस्रो विकेट

काठमाडौँ- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

सुडानमा ड्रोन हमला : २१ जनाको मृत्यु, ४० भन्दा बढी घाइते

खार्तुम- सुडानको पश्चिमी डार्फर क्षेत्रमा पर्ने न्याला सहरको एक बजारमा सोमबार

कृषि उत्पादन ओसार्न अझै पनि बैलगाडाकै भर

सप्तरी– मधेस प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत