बङ्गलादेशमा बुलबुल आँधीका कारण आठ जनाको मृत्यु, १८ लाख मानिस प्रभावित « Khabarhub

बङ्गलादेशमा बुलबुल आँधीका कारण आठ जनाको मृत्यु, १८ लाख मानिस प्रभावित


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा बुलबुल नाम दिइएको आँधीका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८: ३० बजे पश्चिम बंगालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आँधी आएको थियो । आँधीका कारण करीब तीन लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।

आँधीबाट पर्नसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरू सुरक्षित स्थानमा सारिएको बंगलादेशी विपद व्यवस्थापन मन्त्रालयले जानकारी दिएको हो । यद्यपि आइतबार परेको बर्षापछि बुलबुलको प्रभाव शान्त बन्दै गएको छ ।

मन्त्रालयले कुल १८ लाख मानिस बुलबुलको कारण प्रभावित बन्नसक्ने भन्दै उनीहरूलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको थियो । बंगलादेशको भोला, बरगुना, पटुवाखाली, बरिसाल, पिरोजपुर, जलकाठी, बागेरहाट, खुलना र सातखिरा जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सारिएको हो ।

बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी डाक्टर अबुल कलाम मलिकले बुलबुल आँधीले आइतथबार नै बंगलादेशको दक्षिण पश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाए ।

पश्चिम बङ्गाल–खुल्ना तट पार गरिसकेको बुलबुल आँधी करिब सय किलोमिटर प्रतिघण्टाको गतिमा बंगलादेशको उत्तरपूर्वी क्षेत्र तर्फ अघि बढिरहेको अधिकारीले जनाएका छन् ।

बुलबुलका कारण पश्चिम बङ्गालका विभिन्न स्थानमा छ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ७ : ५९ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको