किसानलाई दैनिक एक करोड भुक्तानी, बक्यौता क्रमश : तिर्दै डीडीसी « Khabarhub

किसानलाई दैनिक एक करोड भुक्तानी, बक्यौता क्रमश : तिर्दै डीडीसी


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुग्ध विकास संस्थान (डीडीसी) ले दैनिक करिब एक करोड किसानलाई भुक्तानी गर्दै आएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीका अनुसार संस्थानको सुधार कार्ययोजना कार्यान्वयनसँगै भुक्तानी प्रक्रिया नियमित रूपमा अघि बढाइएको हो।

पछिल्लो चार महिनाको करिब ५८ करोड बक्यौता दायित्वमध्ये हालसम्म १२ करोड भुक्तानी भइसकेको छ। बाँकी बक्यौता रकम चरणबद्ध रूपमा तिर्ने योजना अनुसार एक महिनाको रकम आगामी असार १३ गतेभित्र भुक्तानी गरिने मन्त्रालयले जनाएको छ।

डीडीसीको हाल दैनिक करिब एक करोड बराबरको कारोबार भइरहेको छ, जसलाई सोही दिन किसानको खातामा भुक्तानी गरिँदै आएको छ। बाँकी करिब ४६ करोड बक्यौता आगामी दुई महिनाभित्र पूर्ण रूपमा भुक्तानी गर्ने लक्ष्य राखिएको छ।

मन्त्रालयका अनुसार किसानको श्रम र योगदानलाई सम्मान गर्दै समस्या समाधानका लागि सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको छ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ७ : २२ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको