आदिवासी जनजातिको हक–अधिकार सुनिश्चित गर्न सांसदहरू प्रतिबद्ध « Khabarhub

आदिवासी जनजातिको हक–अधिकार सुनिश्चित गर्न सांसदहरू प्रतिबद्ध


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न राजनीतिक दलका सांसदहरूले नेपालका आदिवासी जनजातिहरूको हक, अधिकार सुनिश्चित गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्।

नेपाल आदिवासी जनजाति महासंघले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरूले मुलुकको परिवर्तन र निर्माणमा आदिवासी जनजातिहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूको अधिकार, पहिचान, सम्मान र समान सहभागिता राज्यले सुनिश्चित गर्नुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा नेपाली कांग्रेसका सचेतक निष्कल राईले आदिवासी जनजातिको अधिकारका लागि आफ्नो पार्टीले विगतदेखि नै काम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि अधिकार सुदृढ गर्न निरन्तर लाग्ने प्रतिबद्धता जनाए। उनले आदिवासी जनजातिको पहिचान र संस्कृतिलाई राज्यले अझै राम्रोसँग बुझ्न नसकेको भन्दै समुदाय आफैं पनि थप सक्रिय हुनुपर्ने बताए।

त्यस्तै, नेकपा एमालेका सांसद क्षितिज थेबेले संविधान संशोधनसम्बन्धी बहस अघि बढिरहेको उल्लेख गर्दै संशोधन प्रक्रियामा आदिवासी जनजातिको अधिकारलाई विशेष प्राथमिकतामा राखिने बताए।

कार्यक्रममा अन्य दलका सांसदहरूले पनि आदिवासी जनजातिको अधिकारसम्बन्धी महासंघको माग र अडान जायज भएको उल्लेख गर्दै उनीहरूको योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने धारणा राखेका थिए।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ७ : ५९ बजे

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको

भद्रपुरमा १६८ सिटी सफारी र अटो कारबाहीमा

झापा । जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र