निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट « Khabarhub

निर्धारित समयमा हुन सकेन चेसको राष्ट्रिय च्याम्पियनसिप छनोट


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बुद्धिचाल महासङ्घको आन्तरिक विवादको असर झापामा ११ जेठमा निर्धारित राष्ट्रिय च्याम्पियनसिपसम्म परेको छ ।

नेपाल बुद्धिचाल महासङ्घको साधारण सभा दुई स्थानमा भए पछि यसको असर परेको हो । ११ जेठमा राष्ट्रिय च्याम्पियनसिपका छनोट कार्यक्रम घोषित भए पनि सुरु हुन सकेन ।

विवादको सुरुवात ११ वैशाखमा अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरम बहादुर लामाको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता भए पछि सुरु भएको हो ।
बहुमतको आडमा अविश्वास प्रस्ताव दर्ता गरिएका महर्जनको अध्यक्षतामा बसेको बैठकले हेटौडामा साधारण सभाको निर्णय गरेको थियो । त्यस पछि बहुमत सदस्यले काठमाडौँमा साधारण सभाको माग गर्दे अर्को निवेदन दर्ता गरेको थियो ।

१० जेठमा काठमाडौँमा भएको साधारण सभाले दिपेन राईको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ । हेटौडामा भने १० जेठको साधारण सभा स्थगन गर्दै ११ का लागि तय गरेको थियो ।

महर्जन पक्षधरसँग रहेको बोर्ड र घडी उपलब्ध नगराई प्रतियोगितामा बाधा सृजना गराइएको थियो । आयोजक पक्षको पहलमा बोर्ड र घडी उपलब्ध भए पनि प्रतियोगिताका लागि पहिले नै तय गरिएको प्राविधिक नेतृत्व हेटौडामा नै छ ।

यसरी निर्धारित समयमा खेल हुन नसके पछि खेलाडीहरूले विज्ञप्ति नै जारी गरेका छन् ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ८ : ५० बजे

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर