क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो « Khabarhub

क्यानका प्रवक्ता छुम्बी लामालाई राखेपले फिर्ता बोलायो


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट सङ्घ (क्यान) प्रवक्ता छुम्बी लामालाई फिर्ता बोलाएको छ ।

परिषद्ले सोमबार पत्र काट्दै लामालाई दिइएको जिम्मेवारीबाट मुक्त गरेको हो। राखेपको सङ्घसंस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईद्वारा हस्ताक्षरित पत्रअनुसार, २०८३ जेठ ११ गतेको निर्णयबमोजिम लामालाई क्यानको प्रतिनिधि सदस्यको जिम्मेवारीबाट फिर्ता बोलाइएको हो।

परिषद्ले २०८० चैत २९ गते लामालाई नेपाल क्रिकेट सङ्घको पदेन सदस्यका रूपमा मनोनयन गरी पठाएको थियो। नियुक्त भएको छोटो समयमै उनलाई फिर्ता बोलाइएको हो।

नेपाल क्रिकेट सङ्घको स्वीकृत विधान २०५५ (चौथो संशोधन २०८० सहित) को दफा ३ को उपदफा (४) को व्यवस्थाबमोजिम उनलाई जिम्मेवारीबाट हटाइएको राखेपले जनाएको छ।

यो निर्णयको जानकारी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खेलकुद विकास विभाग र नेपाल क्रिकेट सङ्घलाई समेत दिइएको छ। लामालाई किन फिर्ता बोलाइएको हो भन्नेबारे पत्रमा स्पष्ट कारण भने खुलाइएको छैन छ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  ११ : २६ बजे

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक

निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र धौलागिरी–४ मा शोक बिदा

काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मला पुर्जा (निम्स दाइ) को निधनमा

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी