लेबनानमा इजरायली आक्रमण : १२ जनाको मृत्यु, ३ घाइते « Khabarhub

लेबनानमा इजरायली आक्रमण : १२ जनाको मृत्यु, ३ घाइते


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबनानमा श्रृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु  हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ ।

इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरेको बताइएको छ । यसैबीच, बेरुतको दक्षिणी उपनगरका केही भागहरूमा आक्रमण विस्तार गर्ने इजरायली धम्की पछि विस्थापित बासिन्दाहरूको आवागमन बढेको देखाइएको छ । 

लेबनानको जनस्वास्थ्य मन्त्रालयको जन–स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रका अनुसार मार्च –२ देखि इजरायली आक्रमणमा तीन हजार १८५ जनाको मृत्यु भएको छ भने नौ हजार ६३३ जना घाइते भएका छन् ।

अप्रिल –१६ देखि लागू भएको युद्धविराम सम्झौताको बाबजुद इजरायलले दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको छ ।  निरन्तरको आक्रमणका कारण बिग्रँदै गएको यस क्षेत्रको सुरक्षा र मानवीय अवस्थाको बीचमा मे १५ मा दोस्रो पटक ४५ दिनका लागि  युद्धविराम विस्तार गरिएको थियो ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १२ : ३४ बजे

कवि तारा सुवेदीको कवितासंग्रह ‘अनुभूतिका महक’ लोकार्पित

काठमाडौं । कवि तारा सुवेदीको पहिलो कवितासंग्रह ‘अनुभूतिका महक’ एक

निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र धौलागिरी–४ मा शोक बिदा

काठमाडौँ । विश्वप्रसिद्ध पर्वतारोही निर्मला पुर्जा (निम्स दाइ) को निधनमा

कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक साउन २४ गते

प्रभु बैंकका तत्कालीन सीईओ शेरचनलाई राष्ट्र बैंकले भरायो ५ लाख जरिवाना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी

तराईबाट काठमाडौँ फर्किए गृहमन्त्री गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन्। बिहीबार सुनसरी