अब श्रम संस्कृतिका कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य « Khabarhub

अब श्रम संस्कृतिका कार्यक्रममा हर्क साम्पाङको तस्वीर अनिवार्य


१२ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रम संस्कृति पार्टीले मातहतका सबै कमिटिका कार्यक्रममा प्रयोग हुने ब्यानर तथा प्रचार सामग्रीमा अध्यक्ष हर्क साम्पाङको तस्वीर अनिवार्य राख्न निर्देशन दिएको छ ।

पार्टीको १ नम्बर (कोशी) प्रदेश कार्यसमितिले जारी गरेको पत्रमा जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, पालिका, वडा तथा टोलस्तरमा आयोजना हुने कार्यक्रमका अध्यक्ष साम्पाङको फोटो अनिवार्य गर्न भनिएको हो ।

उक्त पार्टीका प्रदेश कमिटी अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाको हस्ताक्षरमा जारी वक्तव्यमा कार्यक्रमका ब्यानर र प्रचार सामग्रीमा ‘श्रद्धेय श्रम पिता अध्यक्ष हर्क साम्पाङ’को तस्वीर अनिवार्य रूपमा प्रयोग गर्न भनिएको छ ।

सोमबार जारी पत्रमा यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै शैली पछ्याउँदै अध्यक्ष साम्पाङलाई केन्द्रमा राखे प्रचार गर्न थालिएको हो ।

विगतमा एमालेले आफ्नो प्रचार सामग्री तयार गर्दा र पार्टी कमिटीहरूले कुनै पनि कार्यक्रमको ब्यानर बनाउँदा अध्यक्ष ओलीको तस्बिर अनिवार्य राख्न निर्देशन दिएको थियो ।

२९ साउन ०८० को सचिवलाय बैठकले सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष ओलीबाहेक अन्यको फोटो प्रयोग नगर्ने निर्णय गरेको थियो ।

त्यसबेला तत्कालीन उपमहासचिव विष्णु रिमालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक कार्यक्रममा फोटोको प्रयोग, आसनग्रहण र मञ्च व्यवस्थापनसम्बन्धी पार्टीका निर्णयबारे नेता–कार्यकर्तालाई परिपत्र गरिएको सामाजिक सञ्जालबाटै जानकारी दिएका थिए ।

प्रकाशित मिति : १२ जेठ २०८३, मंगलबार  १ : ३० बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।