सांसद दुलालले भने : समाचार लेखेकै कारण पत्रकार आतंकित बनाउन पाइँदैन « Khabarhub

सांसद दुलालले भने : समाचार लेखेकै कारण पत्रकार आतंकित बनाउन पाइँदैन


१२ जेष्ठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका प्रमुख सचेतक युवराज दुलालले समाचार लेखेकै आधारमा पत्रकारमाथि जाइलाग्ने सरकारी शैलीको आलोचना गरेका छन्।

मंगलबार बसेको संसद् बैठकमा समय लिएर बोल्दै दुलालले २४ घण्टायता एकजना पत्रकारलाई सरकारले गर्न खोजेको धरपकडप्रति गम्भीर आपत्ति जनाए ।

‘गएको २४ घण्टा देशका एकजना स्थापित पत्रकारलाई सरकारले गिरफ्तार गर्दैछ भन्ने कुरा भाइरल भइरहेको छ। समाचार लेखेकै आधारमा पत्रकारलाई आतंकित बनाउने काम सरकारले बन्द गरोस्’, उनले भने, ‘सरकारको यस कदमले सर्वसाधारणमा पनि संशय पैदा भएको छ। पत्रकारले सरकारको खबरदारी गर्न सक्छन्, गर्न पाउनुपर्छ ।’

उनले वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई सरकारले नै गरेको खेद्ने प्रयासको निन्दा गरे । ‘पत्रकार श्रेष्ठलाई जुन स्तरमा समाचार लेखेको नाममा खेद्ने काम भएको छ, यो गलत छ’, उनले भने ‘यदि पत्रकारले लेखेको समाचार गलत भए प्रेस काउन्सिल छ, उसैले कारबाही गर्न सक्छ। तर सरकार नियोजित रुपमा पत्रकारलाई खेद्न लाग्नु गलत छ।’

उनले प्रकाशित समाचार गलत भए नियमन गर्ने काम प्रेस काउन्सिलको क्षेत्राधिकारमा पर्ने स्मरण गराउँदै दुलालले राज्य शक्तिको दुरुपयोग नगर्न भने ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  १ : ३९ बजे

गैरदलीय स्थानीय निर्वाचन र विदेशमा मतदान अधिकार माग्दै कुलमानले बुझाए आयोगमा ज्ञापनपत्र

काठमाडौं– उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचन र विदेशमा रहेका

चक्रवात ‘अनर्व’को प्रभाव : कोशी, बागमती र नारायणीमा बाढीको जोखिम

काठमाडौं – चक्रवात ‘अनर्व’को सम्भावित प्रभावका कारण यही कात्तिक ११

स्वर्णिमको बचाउमा सांसद खरेल, भने- छिमेकीलाई गाली गरेर नेपाली राष्ट्रियता बलियो हुँदैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेल (दोलखा)

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड