गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएलको फाइनलमा « Khabarhub

गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएलको फाइनलमा


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल पुगेको छ । मंगलबार भएको पहिलो क्वालिफायर मा गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आरसिबी फाइल पुगेको हो । अघिल्लो सिजनको विजेता आरसिबी लगातार दोस्रो पटक फाइनल पुग्न सफल भएको हो ।

गत वर्ष पहिलो पटक च्याम्पियन भएको बेंगलुरुसामु उपाधि रक्षा गर्ने अवसर हुनेछ । अब बुधबार हुने एलिमिनेटरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स खेल्नेछन् । त्यसमा विजयी हुने टिमले क्वालिफायर–२ मा गुजरातको सामना गर्नेछ । त्यसकै विजेताले फाइनलमा बेंगलुरुको सामना गर्नेछ ।

धर्मशालामा भएको खेलमा जितका लागि २५५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमा अलआउट हुँदा आरसिबीले ९२ रनको शानदार जित निकालेको हो ।

ब्याटिङमा निकै कमजोर प्रदर्शन गरेको गुजरातका लागि राहुल तेवतियाले सर्वाधिक ६८ रन बनाए । उनले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गरे पनि टोलीलाई जिताउन सकेनन् । बेंगलुरुका बलर ज्याकोब डफीले ३ विकेट हात पारे ।

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको बेंगलुरुले ५ विकेट गुमाएर २५४ रन बनाएको थियो । यसमा सबैभन्दा ठूलो योगदान कप्तान रजत पाटीदारको रह्यो । उनले ३३ बलमा ९३ रन जोडे । त्यस क्रममा उनले ५ चौका र ९ छक्का प्रहार गरे ।

यस्तै बेंगलुरुका लागि विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन बनाए । रजतले क्रुनालसँग मिलेर चौथो विकेटका लागि आक्रामक ९५ रनको साझेदारी गरे ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ६ : १५ बजे

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा