छोराछोरीलाई संस्कारी बनाउने सूत्र « Khabarhub

छोराछोरीलाई संस्कारी बनाउने सूत्र


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

तपाईं आफ्नो छोराछोरीको भविष्य र उनीहरुको संस्कारको बारेमा चिन्तित बन्ने गर्नु भएको होला । आखिर बालबालिकालाई कसरी संस्कारी बनाउने भन्ने बुवाआमाको स्वभावित चिन्ता हो ।

कतिपय आमाबुवाले छोराछोरी जन्मिएपछि सही संस्कार दिन नसक्दा आफ्नो पछिल्लो जीवनमा पश्चाताप गर्ने गरेका छन् । जन्मदेखि नै बालबालिकामाथि गर्ने व्यवहार, उनीहरुलाई देखाइने हरेकर क्रियाकलाप र कामले भविष्यमा बालबालिकाको संस्कार निर्माण हुन जान्छ ।

जन्मदेखि लिएर २१ वर्षसम्मको उमेरको समयमा मुख्यरुपमा संस्कारको निर्माण हुन्छ । यस अवस्थामा लागेको बानी आगामी दिनमा संस्कारको रुप लिन्छ ।

खानपानदेखि लिएर मित्रता र पूजा उपासनासम्म हरेक सानो–सानो चीजको आफ्नो महत्व रहेको हुन्छ । बालबालिकाको रुपमा बुवाआमाको संस्कारको प्रभाव पनि पर्छ । त्यसैले यसको ध्यान राख्न आवश्यक हुन्छ ।

त्यसैले आज हामी कुन उमेर समूहमा कस्तो कुराको ध्यानमा राख्ने भन्ने चर्चा गर्दै छौं ।

जन्मदेखि पाँच वर्षसम्म

यो उमेर बच्चाको आहार र खानपानको विशेष ख्याल राख्नुपर्ने उमेर हो । यो उमेरमा जुन खानपानको बानी पर्छ विशेषत त्यो बानी जीवन भर छुट्न गारो हुन्छ । खानपानले नै विचार बन्छ, त्यसैले सोच विचार गरेर बालबालिकालाई खानपानको प्रबन्ध गर्नुपर्छ ।

मांसहार, फास्ट फूड, बासी र तेल मसलावाला भोजनबाट बालबालिकालाई बचाउन आवश्यक हुन्छ ।

६ वर्षदेखि लिएर १० वर्षसम्म

यस उमेरमा बालबालिका भित्र शुभ र अशुभको बानी आउन थाल्छ । बालबालिकाले धर्म, ईश्वर र अन्य व्यवहार जन्य कुराबारे ज्ञान प्राप्त गर्न थाल्दछ । त्यसैले यो समय घरको माहोल शुद्ध र सात्विक राख्नु पर्छ ।

घरका मानिसले आफ्नो व्यवहार र आचरण राम्रो राख्न आवश्यक हुन्छ ।

त्यस्तै बालबालिकालाई सही र गलत बीचको फरक सिकाउन आवश्यक हुन्छ । मठ मन्दिरमा लाने गर्नुहोस्, मानिसहरुलाई सहायता गर्न सिकाउनुहोस् र आफूले पनि गर्नुहोस् त्यसबाट बालबालिकामा सकारात्मक प्रभाव पर्छ । मठ मन्दिर लैजादा र धर्मले मानिसलाई शान्त र अनुशासित बनाउन प्रेरित गर्छ ।

११ देखि १५ वर्षसम्म

यस उमेरमा बालबालिका शिक्षा र ज्ञानको बारेमा सजग हुन्छन् । यो उमेर जिज्ञासु र कुलतमा फस्ने खालको उमेर पनि हो । त्यसैले छोराछोरीलाई यो उमेर समुहमा एकान्तमा छोड्नेभन्दा पनि परिवारका सदस्यसँगको सामिप्यतामा बढी जोड दिन जरुरी हुन्छ ।

यसका साथै छोराछोरीमा विषय, करियर र सफलताको चिन्ता हुन थाल्छ । यो उमेरमा बालबालिकालाई मन्त्र, योग आशन आदीका बारेमा बताउन आवश्यक हुन्छ । ता कि उनीहरुलाई शिक्षामा एकाग्र र शारीरिक र मानसिक विकास सही बनाउन सहयोग पुगोस् ।

यो समयमा छोराछोरीमाथि आफ्नो रुची थोपर्नु हुँदैन । उनीहरुलाई इच्छा अनुसारका काम गर्ने अवस्था दिनुपर्छ । विषय छनोटमा पनि उनीहरुलाई स्वतन्त्रता दिनुपर्छ ।

१७ वर्षदेखि २१ वर्षसम्म

यो समयमा किशोर किशोरीको शरीरमा ठूलो रासायनिक परिवर्तन हुन्छ । यो समयको शुरुवातमा किशोर किशोरीहरुमा शारीरिक बनावट र विकासलाई लिएर जिज्ञासा र कौतुहलता हुने गर्छ । उनीहरु एकान्त प्रेमी हुन्छन् । परिवारका ,सदस्यहरुसँग उनीहरुको विचार कुराकानी नमिल्ने अवस्था पनि बन्न सक्छ ।

त्यसैले १७ वर्ष भन्दा अघिको अवधिबाट नै उनीहरुलाई शारीरिक परिवर्तन, अवस्था आदीबारे जानकारी गराउने र आफू पनि सजक हुने उनीहरुको व्यवहारलाई अध्ययन गर्ने र नजिकिने, समस्याहरुको बारेमा छलफल गर्ने काम परिवारका सदस्यले गर्नुपर्छ ।

सबै संस्कार र राम्रो – नराम्रो बानी यही उमेरमा देखिन थाल्छ । यो उमेरमा छोराछोरीलाई जिम्मेवारी स्वयं लिन दिनुपर्छ र अभिभावकले सहायता गर्नुपर्छ ।

उनीहरुको लवाइखवाइ, दीनचर्या र साथी संगतीका बारेमा परिवारका सदस्य विशेषगरि बुवाआमा ध्यान दिन जरुरी हुन्छ । उनीहरुलाई उमेरदार व्यक्तिहरुसँग बस्न र संगत गर्न सल्लाह दिनुपर्छ । नकि विग्रिएका किशोर किशोरीसँग लागेर आफूपनि त्यस्तै बनुन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १२ : १४ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको