उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार « Khabarhub

उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको हेलीबाट उद्धार


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

गोरखा – उत्तरी गोरखा विकट धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी सुत्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

धार्चे गाउँपालिका–२ केरौँजाकी सुत्केरी विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ थापाथलीस्थित परोपकार प्रसूतिगृह पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

चौबीस वर्षकी विकलाई सुत्केरी हुँदाको गम्भीर बिरामी (इक्लामसिया) भएकाले उद्धार गरिएको सप्रजिअ शर्माले जानकारी दिए । विक १३ दिनअघि सुत्केरी भएकी थिइन् । तर आज बिहान एक्कासि बिरामी भएर ढलेको र तत्काल सघन उपचारको खाँचो परेकाले उद्धार गर्नुपरेको धार्चे स्वास्थ्य शाखाका अमृत घलेले जानकारी दिए ।

‘यो अवस्थामा तत्काल आइसियुमा राखेर उपचार नगरे ज्यान जाने जोखिम भएकाले दिउँसो २ः०० बजेतिर हेलिकोप्टरमा उद्धार गरी काठमाडौँ पु¥याइएको हो’, उनले भने, ‘अहिले सुत्केरीको अवस्था गम्भीर नै छ । केरौंजा स्वास्थ्यचौकीबाट एकजना स्वास्थ्यकर्मी र बिरामी कुरुवा पनि सोही हेलिकोप्टरमा पठाएका छौँ ।’

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ९ : ३३ बजे

कात्तिक १५ गतेपछि मात्र धान काट्न कृषि विकास कार्यालयको आग्रह

धादिङ– कृषि विकास कार्यालय धादिङले सम्भावित मौसमको अवस्थाको जानकारी लिएर

दरौँदीका किसानलाई धान भित्र्याउने चटारो (तस्बिरहरू)

गोरखा– वडा दसैँ सकिएसँगै गोरखाको दरौँदी नदी किनारका फाँटमा किसानलाई

इजरायलमा आज आमनिर्वाचन, नेतान्याहुलाई आइजेनकोटको चुनौती

काठमाडौँ– इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट