सभामुख अर्यालबाट बकर इदको शुभकामना « Khabarhub

सभामुख अर्यालबाट बकर इदको शुभकामना


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्तिको कामना गरेका छन् ।

इदका अवसरमा उनले आज शुभकामना सन्देश जारी गर्दै सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेशभूषाको विविधतायुक्त हाम्रो मुलुकमा यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले यस्ता चाडपर्वका माध्यमबाट सबै धर्मावलम्बी, जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको सरक्षण हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धिमा सहयोग पुग्ने सन्देशमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  १० : २२ बजे

हिन्दू राष्ट्रबारे गृहमन्त्रीले सहमति गरे या मागपत्र बुझे ?, १३ बुँदे दस्तावेजले अर्को तरङ्ग

काठमाडौं- जनकपुरधाममा गृहमन्त्री सुधन गुरुङ र संयुक्त हिन्दू मोर्चाबीच भएको

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी