भारतको अनुदानमा १४ वटा विद्यालय पुनर्निर्माणका लागि सम्झौता « Khabarhub

भारतको अनुदानमा १४ वटा विद्यालय पुनर्निर्माणका लागि सम्झौता


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारत सरकारको अनुदान सहयोगअन्तर्गत नेपालका विभिन्न जिल्लामा १४ वटा विद्यालय निर्माणका लागि ठेकेदार कम्पनी र शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

भारतीय राजदूतावासका अनुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा निर्माण हुने विद्यालयहरूका लागि ५६ करोड २ लाख रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराइएको हो ।

सम्झौता हस्ताक्षर कार्यक्रममा भारतीय राजदूतावासका विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक, सम्बन्धित अधिकारीहरू तथा ठेकेदार कम्पनीका प्रतिनिधिहरू उपस्थित थिए ।

निर्माण हुने विद्यालयहरू नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुसार तयार गरिने जनाइएको छ । परियोजनाअन्तर्गत शैक्षिक भवन, फर्निचरसहितका कक्षाकोठा तथा छात्र–छात्राका लागि छुट्टाछुट्टै सरसफाइ संरचना निर्माण गरिनेछ ।

भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोग कार्यक्रमअन्तर्गत यसअघि ८ जिल्लाका ७० वटा विद्यालय तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय निर्माण सम्पन्न गरी सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण गरिसकिएको छ ।

भारतीय पक्षले भूकम्पपछिको पुनर्निर्माणसहित नेपालको सामाजिक तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ३ : ३७ बजे

माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग

काठमाडौं– सोलुखुम्बुको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन

साउदी युवराजले दिएका थिए इरानमाथि आक्रमण रोक्न ट्रम्पलाई दबाब

काठमाडौं- इरानमाथिको आक्रमण रोक्न साउदी अरेबियाका युवराज तथा प्रधानमन्त्री मोहम्मद

हिन्दू राष्ट्रको मागमा सहमति संविधानविपरीत : सुदन किराती

काठमाडौं- श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किरातीले

पूर्वराष्ट्रपति भण्डारीले गरिन् नेकपा सहसंयोजक नेपाललाई सम्मान

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका सहसंयोजक माधवकुमार नेपाललाई सम्मान गरेकी

इरानमाथि आक्रमणबाट पछि हटे ट्रम्प, विज्ञ भन्छन्, ‘तेहरानले यसलाई रणनीतिक जित ठान्न सक्छ’

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि प्रस्तावित सैन्य आक्रमण तत्कालका