फिलिपिन्सको हिरासतबाट ६४ चिनिया नागरिक रिहा « Khabarhub

फिलिपिन्सको हिरासतबाट ६४ चिनिया नागरिक रिहा


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फिलिपिन्सका अधिकारीहरूले हिरासतमा लिएका ६४ जना चिनियाँ नागरिकलाई बिहीबार रिहा गरिइएको फिलिपिन्स स्थित चिनियाँ दूतावासले जनाएको छ । अन्य छ जनाको रिहाइ प्रक्रिया भइरहेको र छिटै रिहा गर्ने उल्लेख गर्दै दूतावासले विज्ञप्ति जारी गरेको छ ।    

दक्षिणी फिलिपिन्सको मिसामिस ओरिएन्टल प्रान्तको ‘स्टिल प्लान्ट’ मा काम गरिरहेका चिनियाँ नागरिकलाई मे –१५ मा फिलिपिन्सका कानून अधिकारीहरूले हिरासतमा लिएका थिए ।

फिलिपिन्सको न्यायलयले  चिनियाँ नागरिकहरूले फिलिपिन्सको आणविक सुरक्षा ऐन, अध्यागमन ऐन र श्रम संहिता उल्लङ्घन गरेको प्रमाणित हुने अपर्याप्त प्रमाण नभएको उल्लेख गर्दै उनीहरूलाई रिहा गर्न आदेश दिएको दूतावासले विज्ञप्तिमा उल्लेख गरेको छ । 

 चिनियाँ दूतावासले यो विषयलाई विशेष महत्वका साथ लिएको बताएको छ । यसले फिलिपिन्सका सम्बन्धित अधिकारीहरूसँग निष्पक्ष, द्रुत र कानुनी समाधान तथा चिनियाँ नागरिकको अधिकारको पूर्ण संरक्षणको माग गरेको जनाइएको छ । 

दूतावासले फिलिपिन्समा चिनियाँ नागरिक र संस्थाहरूको सुरक्षा तथा अधिकारको रक्षा जारी राख्ने प्रतिवद्धता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई कानून र नियमहरूको कडाइका साथ पालना गर्न सुझाव दिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ११ : ३९ बजे

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस