काठमाडौं– चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदका लागि १० जनाको आवेदन परेको छ ।
आयोगको उपाध्यक्षका लागि दरखास्त दिने अन्तिम दिन १३ जेठसम्म १० जनाको आवेदन परेको उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठन सिफारिस समितिले जनाएको छ ।
समितिले ३० वैशाखबाट १३ जेठसम्म चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि इच्छुक व्यक्तिहरूबाट दरखास्त माग गरेको थियो ।
अन्तिम दिनसम्म १० जनाको आवेदन परेपछि आयोगले कार्य योजनासहितको सोचपत्रको प्रस्तुतीकरण तथा अन्तर्वार्ता समय समेत निर्धारण गरेको हो ।
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्व अध्यक्ष प्रा.डा. गेहनाथ बराल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा. दिनेशकुमार लम्साल, प्रा.डा. दिपेन्द्र श्रेष्ठ र प्रा.डा.देवेन्द्रबहादुर खत्रीको दरखास्त परेको छ ।
यस्तै, सह-प्रा.प्रमोद कुमार यादव, पूर्व स्वास्थ्य सचिव डा. रोशन पोरखेल, आयोगका पूर्व उपाध्यक्षसमेत रहिसकेका हालका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सुरज श्रेष्ठ र प्रा.डा. शैलेश प्रधानले उपाध्यक्षका लागि दरखास्त दिएका छन् ।
समितिले आवेदन स्वीकृत भएका १० जना उम्मेदवारलाई २८ जेठमा प्रस्तुतीकरण र २८ जेठमा अन्तर्वार्ताका लागि बोलाएको छ ।













प्रतिक्रिया