इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी « Khabarhub

इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क– अमेरिकाकै शक्तिशालीमध्ये एक न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले इरानसँग चलिरहेको युद्धको विरोध गरेका छन्।

उनले यो युद्ध अब समाप्त हुनुपर्ने बताएका छन् । यस युद्धको सबैभन्दा ठूलो मूल्य आम नागरिकहरूले चुकाउनुपरेको उनले बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ममदानीले भने, ‘आजभन्दा तीन महिनाअघि एउटा युद्ध सुरु भएको थियो, जसको लागि कसैले भोट दिएको थिएन। तर यसको मूल्य ती मानिसहरूले चुकाए, जसको यसमा कुनै आवाज थिएन।’

उनले यो युद्धमा हजारौं नागरिकहरूको ज्यान गएको बताए । यसका साथै १३ अमेरिकी सैनिक पनि मारिएका उनले स्मरण गरे । मारिएका सैनिकहरू अब कहिल्यै आफ्नो परिवारसँग फर्कन नसक्ने भन्दै उनले दु:ख व्यक्त गरे।

ममदानीले यो युद्धको प्रभाव केवल युद्ध क्षेत्रमा मात्र सीमित नरहेको पनि बताए । ‘यसले अमेरिकाका आमनागरिकलाई पनि प्रभावित गरिरहेको छ। पेट्रोल र खानेकुराको मूल्य बढेको छ, जसले मध्यम वर्ग र कामदार वर्गका परिवारहरूको बजेट बिगारेको छ’, उनले भनेका छन् ।

उनले यो द्वन्द्व अमेरिकी संसद (कांग्रेस) को स्वीकृतिबिना सुरु गरिएको आरोप लगाए। ममदानीले भने, ‘विदेशमा जाने हरेक ज्यान र अमेरिकामा आम परिवारहरूमाथि पर्ने हरेक आर्थिक बोझ एउटै लापरवाह निर्णयको मूल्य हो।’

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  १ : ५४ बजे

एसियाली खेलकुदमा नेपाली खेलाडीले बनाए निराश, कराँते र उसूका सबैजसो खेलाडी पराजित

नागोया- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा आइतबार नेपालका पदकका

उमेर र तौलको ट्रोलिङमा सलमानको जवाफ : कपडा फुकाल्दै भने- ‘कर लो ट्रोलिङ’

काठमाडौं– बलिउड अभिनेता सलमान खान आफ्नो उमेर, तौल, रूप र

दोलखा कांग्रेसको वडा अधिवेशन : ६० वडामा सम्पन्न, १४ वडाको नतिजा आउन बाँकी

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौवटा स्थानीय तहका ७४

केही नेताले शेरबहादुर दाइलाई अल्मल्याए : महालक्ष्मी उपाध्याय ‘डिना’

काठमाडौं- पूर्वसभापति शेरबहादुर देउवाको साथ छोडेर केही दिनअघि नेपाली कांग्रेसको

अमेरिका-इरान तनाव फेरि बढ्दै, भ्रमण छोट्याएर ह्वाइट हाउस फर्किए ट्रम्प, नागरिकलाई सतर्क रहन आग्रह

वासिङ्टन- मध्यपूर्वमा अमेरिका र इरानबीच फेरि तनाव बढेको देखिएको छ।