डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकाका दूतावास खारेज गरिने « Khabarhub

डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकाका दूतावास खारेज गरिने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेको दूतावास खारेज गर्ने घोषणा गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बदलिँदो आर्थिक कूटनीतिलाई मध्यनजर गरी डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकामा रहेका नेपाली दूतावास र छङ्दु, सान फ्रान्सिस्कोस्थित महावाणिज्य दूतावास तथा विशाखापटनममा रहेको दूतावासको शाखा खारेज गर्ने घोषणा गरे ।

साथै संवैधानिक निकायहरूको कार्यसम्पादन सुदृढ गर्न साधन स्रोत सम्पन्न बनाइनेसमेत बजेटमार्फत व्यवस्था गरिएको छ । बजेटमा मुलुकमा सुशासन कायम गर्न कानुन तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्यको घोषणा गरिएको छ । स्वार्थको द्वन्द्वसम्बन्धी कानुन तर्जुमा गरी नीतिगत भ्रष्टाचार अन्त्य गर्ने योजना बजेटमार्फत प्रस्तुत गरिएको हो ।

“कसुरजन्य सम्पत्तिको प्रभावकारी व्यवस्थापनका लागि सम्बद्ध निकायलाई एकीकृत सूचना पद्धतिमा आबद्ध गरी असुलउपर, जफत, प्राप्ति तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउनेछौँ”, बजेटमा भनिएको छ, “निजामती कर्मचारी अस्पतालबाट बहुविशिष्टिकृत सेवा विस्तार गर्न अत्यावश्यक उपकरण जडान र भौतिक संरचना निर्माण गर्नेछौँ ।”

‘हेलो सरकार’ संयन्त्रलाई सरकार–नागरिक संवादको प्लेटफर्मका रूपमा विकास गरिनेछ । सरकारी कार्यालयमा डिजिटल टाइम कार्ड लागू गर्ने बजेटमा उल्लेख गरिएको छ । साथै, राष्ट्रिय परिचयपत्रलाई सार्वजनिक सेवा प्रवाहको आधारभूत परिचयपत्रको रूपमा प्रयोग गर्दै मालपोत, यातायात, राहदानी, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापनजस्ता नागरिक सेवासँग सम्बद्ध प्रणालीको सुदृढीकरण गर्ने बजेटमा उल्लेख छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ७ : ०१ बजे

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने

बागमती – सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक

आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोडिने

काठमाडौं – सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग

राजस्व बढाउन हरित कर, कुनमा कति ?

काठमाडाैं । सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी

गुजरातविरुद्ध राजस्थानको मध्यम सुरुआत, वैभव सूर्यवंशी क्रिजमा

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज गुजारात