पुराणको रकमबाट घाट निर्माण « Khabarhub

पुराणको रकमबाट घाट निर्माण


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट सङ्कलित रकमको सहयोगमा निर्माण गरिएको देउनिया विश्रान्तिघाट अन्तिम चरणमा पुगेको छ । घाटलाई थप आकर्षक बनाउन शनिबार उक्त क्षेत्र परिसरमा बृहत् सरसफाइ गरिएको छ ।

देउनिया विश्रान्तिघाट निर्माण समितिको अगुवाइ तथा बिर्तामोड–८ वडा कार्यालयको समन्वयमा गरिएको सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, निर्माण समितिका पदाधिकारी, सुरक्षाकर्मी र स्थानीयवासीको सहभागिता थियो । घाट परिसरमा फूलबारी र फलफूलका बिरुवा रोप्ने तयारीस्वरूप सरसफाइ गरिएको हो ।

करिब ३५ लाखको लागतमा निर्माण सम्पन्न भएको विश्रान्तिघाटका लागि अन्य सरकारी निकायको पनि आर्थिक सहयोग रहेको छ । जसमा कोशी प्रदेश सरकारबाट आठ लाख, बिर्तामोड–८ वडा कार्यालयबाट १० लाख बजेट विनियोजन भएको थियो । त्यस्तै गत वर्ष जेठमा लगाइएको धार्मिक पुराणबाट नौ लाख ३८ हजार सङ्कलन भएको थियो । बाँकी रकम विभिन्न दाताले सहयोग गरेका थिए ।

निर्माण समितिका सचिव मदन अधिकारीले समुदायको साथबिना यो काम सम्भव नभएको बताए । उनले भने, ‘पुराणबाट उठेको रकम, स्थानीयवासीको सहयोग र विभिन्न दाताको साथले विश्रान्तिघाट निर्माण सम्पन्न गर्न सफल भएका छौँ । अब उद्घाटनसँगै यसलाई व्यवस्थित र हरियालीयुक्तस्थलका रूपमा विकास गर्ने तयारी गरेका छौँ ।’

बिर्तामोड–८ का वडाध्यक्ष अजय कार्कीले घाट निर्माणसँगै स्थानीयले वर्षौँदेखि भोग्दै आएको शवदाहस्थलको समस्या समाधान भएको बताए । ‘वर्षायाममा देउनिया खोलामा आउने बाढीका कारण शवदाह गर्न कठिन हुने र शव नै बग्ने जोखिम थियो । नयाँ विश्रान्तिघाट बनेपछि त्यो समस्या अन्त्य भएको छ’, उनले भने ।

वडाध्यक्ष कार्कीका अनुसार अब घाट परिसरको सौन्दर्यकरणमा जोड दिइएको छ । उद्यान निर्माणको अवधारणाअनुसार फूलबारी र फलफूलका बिरुवा रोपेर क्षेत्रलाई हरियालीयुक्त बनाइनेछ । घाट निर्माणमा पशुपतिनाथ क्षेत्रबाट ल्याइएको नफुट्ने प्रकृतिको ढुङ्गा प्रयोग गरिएकाले संरचना दीर्घकालीन र मजबुत बनेको उनले जानकारी दिए ।

विश्रान्तिघाट रहेको क्षेत्रमा सिँचाइ डिभिजन कार्यालयले २५ लाखको लागतमा तटबन्ध निर्माण गरिसकेको छ भने जनताको तटबन्ध कार्यालयबाट थप २१ लाख तटबन्धका लागि विनियोजन भएको निर्माण समितिले जनाएको छ । समितिका अनुसार विश्रान्तिघाटको उद्घाटन यही साउन महिनाभित्रै गरिने तयारी छ ।

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  ९ : २५ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार