महाबाणिज्य दूतहरुको काठमाडौंमा विश्व सम्मेलन हुने « Khabarhub

महाबाणिज्य दूतहरुको काठमाडौंमा विश्व सम्मेलन हुने


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा महाबाणिज्य दूतहरुको तीन दिवसीय सम्मेलन हुने भएको छ ।

महाबाणिज्य दूतहरुको छाता संगठन विश्व महाबाणिज्य काउन्सिल (फिका) र अवैतनिक कन्सुलर नेपाल एचसीसीले सोमबार पत्रकार सम्मलेन गरी सम्मेलनबारे जानकारी दिएका हुन् । सम्मेलन कात्तिक २६ देखि २९ गतेसम्म चल्ने एचसीसीले जानकारी दिएको छ ।

विश्वमा पछिल्लो समय भइरहेको आर्थिक गतिविधि, सामाजिक रुपान्तरण, जलवायु परिवर्तनजस्ता विषयमा सम्मेलनमा छलफल हुने एचसीसी साउथ एसियान डिन प्रदिपकुमार श्रेष्ठले जानकारी गराए ।

विश्व अर्थतन्त्रसँगै नेपालका गतिविधि, पर्यटन क्षेत्र, माइग्रेशन, अध्यागमन जस्ता विषयमा पनि सम्मेलनमा छलफल गरिने उनको भनाइ छ ।

विश्व अर्थतन्त्रमा सहज वातावरण निर्माण गर्नका लागि ऐक्यबद्धता जनाउँने उद्देश्यले सम्मलेनको आयोजना गरिएको फिकाले जनाएको छ ।

सम्मेलनमा सामाजिक ऐक्यबद्धता, लैंगिक समानता, मौसम परिवर्तन र विश्वव्यापीकरण जस्ता विषयमा छलफल हुने भएको छ ।

सम्मेलनको उदघाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने कार्यक्रम तय भएको छ । उक्त सम्मलेनमा परराष्टमन्त्री प्रदिप कुमार ज्ञवालीले सम्बोधन गर्ने कार्यक्रम रहेका फिकाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ४ : ०१ बजे

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल

पोखराविरुद्ध सुदूरपश्चिमलाई चौथो झट्का, इशान पाण्डे आउट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सविरुद्ध सुदूरपश्चिम

चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने

काठमाडौं – स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका आन्दोलनरत विभिन्न पक्षसँग

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि