‘बजेट महत्त्वाकांक्षी आयो, स्रोत जुटाउनै गाह्रो छ’ « Khabarhub

अन्तर्वार्ता

‘बजेट महत्त्वाकांक्षी आयो, स्रोत जुटाउनै गाह्रो छ’

ऋणमाथि थप ऋणको भारी हुन्छ



काठमाडौं- पूर्वअर्थमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता डा. प्रकाश शरण महतले नयाँ बजेटलाई महत्वाकांक्षी भनेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार ल्याएको बजेट महत्त्वाकांक्षी भएको उनको निष्कर्ष छ । उनी २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट देशको आर्थिक हिसाबभन्दा ठूलो रहेको बताउँछन् । देशको वस्तुगत अवस्थाअनुसार बजेट व्यवहारिक नभएको उनी बताउँछन् । मतदातालाई ऋणमाथि थप ऋणको भारी पार्ने गरी बजेट आएको भन्दै स्रोतै नभएकाले खर्च नै नहुने बताउँछन्। बजेटमा धेरै कुरा राम्रा पनि भएकोले प्रशंसा गर्न पनि उनी चुकेनन्। प्रस्तुत छ डा. महतसँग गरिएको छोटो कुराकानीको सम्पादित अंश :

यो बजेट कस्तो छ ? कसरी विश्लेषण गर्नुहुन्छ ?

कतिपय राम्रा कुरा पनि छन् । जुन बजेटको आकार छ २१ खर्ब २४ अर्ब ३४ करोडको । यो अलिक महत्वाकांक्षी छ। यद्यपि अहिले कर्मचारीको तलब वृद्धि गर्ने कुरा ठिक छ। दुई तीन वर्षदेखि रोकिएको थियो। खर्चको हिसाबले र बजेट ठूलो देखाउने उहाँहरूलाई बाध्यता होला। कतिपय क्षेत्रमा हामीले बढी विनियोजन गरेका छौँ भन्ने देखाउन खोज्नुभएको छ। तर १४ खर्ब १० अर्ब राजस्व उठाउने कुरा छ । बाँकी चाहिँ आन्तरिक र बाह्य ऋणबाट जुटाएर २१ खर्ब विनियोजन गर्ने भन्नुभएको छ त्यो गाह्रो छ। स्रोत जुटाउन पनि गाह्रो छ। र, खर्च गर्न पनि गाह्रो छ भन्ने मलाई लाग्छ। पुँजीगत खर्च पनि बढाउनुभएको छ। पुँजीगत खर्च बढाउन सकियो भने राम्रो हो। त्यसको व्यवहारिक पाटो पनि हेर्नुपर्छ ।

आम्दानीको स्रोत जुटाउन उहाँलाई गाह्रो हुन्छ। ऋणमा अत्यधिक निर्भरताले ब्याज तिर्ने हाम्रो दायित्व बढ्दै जान्छ । अहिले नै चार खर्बभन्दा बढी ऋणको ब्याज छ। ऋण व्यवस्थापनमा खर्च गरिराख्नुभएको छ। त्यसो हुनाले मलाई लाग्छ, उहाँहरूले २१ खर्ब २४ अर्ब ३४ करोड पुर्‍याउनुभयो । यसलाई लोकप्रियवादतिर नगएर व्यवहारिक र प्रयोगात्मक हिसाबले हेर्नुपर्ने थियो। धेरै कुरा राम्रो गरिएको छ। केही कुरा अलिक महत्वाकांक्षी भए ।

महत्वकांक्षी भयो ? धेरै जना त उत्साहित हुनुहुन्छ ? जस्तै निजी क्षेत्र ?

समग्रमा हेर्दा स्रोत नभएपछि खर्च गर्न सकिँदै । खर्च नभएपछि जे उहाँहरंले बोल्नुभएको छ, त्यो कार्यान्वयन हुँदैन । त्यसकारण विभिन्न सेक्टरमा बढी विनियोजन भएको छ। हेर्दा त राम्रो देखिन्छ तर अब आम्दानी गर्ने स्रोत जुटाउन गाह्रो छ। खर्च गर्ने क्षमता पनि उहाँले बढाउँछौँ भनेर अगाडि लान गाह्रो हुन्छ ।
त्यसो हुनाले अलिक व्यवहारिक बनाउनुपर्ने थियो। यति ठूलो बजेट बनाउनु हुने थिएन। योजना आयोगले पनि १९ खर्बको सिफारिस गरेको थियो । उहाँहरूले २१ खर्ब भन्दा पनि बढीको बजेट ल्याउनुभयो। अब राजश्व १४ खर्ब पुर्‍याउन पनि राजश्वको दर घटाउने कुरा गर्नु भएको छ । त्यसबाट चाहिँ आम्दानी शुल्क पनि ५ लाखबाट १० लाखसम्म छुट दिएको छ। त्यो अलिकति दिनु पनि पर्ने थियो। मलाई लाग्छ, यसमा अलिक व्यवहारिक रुपमा जानुपर्ने थियो।

यो कार्यान्वयन भयो भने उत्साहित हुने अवस्था छ कि छैन ?

कार्यान्वयन गर्ने भनेको सबैले आफ्नो प्रतिबद्धता जनाउँछन्। मलाई लाग्छ, यो कार्यान्वयन गर्न गाह्रो छ। यसले मूल्य वृद्धिलाई बढाउँछ । अघि नै मैले भनेँ नि धेरै कुरा राम्रा पनि छ्न । स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षामा लगायतमा ।

के गर्नुपर्‍थ्यो ?

यहाँ सुझाव त हामीले पहिलै दिएको हो। उहाँहरूले उत्पादनलाई बढाउने भन्नुभएको छ। उत्पादन बढाउन पहिलो कुरा बाहिरकोसँग प्रतिस्पर्धा गरेर आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्छ। हाम्रा आन्तरिक उत्पादन र कृषिजन्य उत्पादन बढाउनुपर्छ । यहीँ उत्पादन हुने वस्तुको भन्सार दर केही वस्तुमा बढाउनुपर्छ। उत्पादनमा आधारित अनुदान दिनुपर्छ। हुन त उहाँहरूले दुई करोडसम्म कृषि ऋण दिने, कृषकहरूलाई ४० प्रतिशतले अनुदान बढाउने भन्नुभएको छ। त्यो उत्पादनमूलक क्षेत्रमा खर्च भएको छ कि छैन ? भन्ने कुराको अवस्था पनि हेर्नुपर्छ।

उहाँहरूले हामी यो कार्यान्वयन गर्छौँ। यहाँहरूले हेरिदिनुहोला भन्नुभएको छ। तपाईं प्रतिपक्षी दल भएको नाताले पो आलोचना गर्नुभयो कि ?

एकातिर उहाँहरू करको धेरै भार नदिऊँ भन्नुहुन्छ। अनि राजस्वचाहिँ जबरजस्ती उठ्छ र ? अरू बाँकी त ऋणबाट दिने भन्नुभएको छ। ऋण लिन सक्छौं भनेर उहाँले नै भनेको हो। ऋण लिन बढी भए ऋणको भार ४३ प्रतिशत पुगिसक्यो ग्राहस्थ उत्पादनको । ऋण धेरै लिनुहुन्न भन्ने उहाँहरू नै हो। फेरि ऋणमाथि थप ऋणको भारी बोकाउँदा देशलाई झन् कस्तो होला । उहाँले कार्यान्वयन गरेर जानुभयो भने उहाँहरूको सरकार छ गरेर जानुस् ठिकै छ। तर महत्त्वकाङ्क्षी र लोकप्रियतातिर कुदेर देशलाई अझै भारी पार्नु ठिक होइन भन्ने हाम्रो कुरा हो। समग्रमा उहाँहरूलाई शुभकामना भन्छु ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ७ : २८ बजे

‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु

काठमाडौं- नेपालका तर्फबाट ‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुने

त्रिशूली १ को अडिट ३ टनेलमा थप ११ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीका कारण निधन भएका थप ११

काठमाडौंका डाँडामा फुल्न थाले काँस, शरद ऋतु आगमनको संकेत (तस्बिरहरु)

काठमाडौं– मनसुनको प्रभाव पूर्ण रूपमा हटिनसके पनि काठमाडौँ उपत्यकाका खुला

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट