रविले पाँच महिनाअघि नै स्वर्णिमलाई भनेका थिए : बजेट लेख्न थाल्नुस् « Khabarhub

रविले पाँच महिनाअघि नै स्वर्णिमलाई भनेका थिए : बजेट लेख्न थाल्नुस्


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका डा. वाग्लेले ल्याएको बजेटबारे विभिन्न तह र क्षेत्रबाट विभिन्न प्रतिक्रियाहरु आउने क्रम जारी छ ।

यसअघि गत पुष महिनामा नै रास्वपाका सभापति रवि लामिछानेले वाग्लेलाई बजेट लेख्न सुरु गर्न आग्रह गरेका थिए । चुनाव हुनुअघि नै गत पुष २१ गते राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भावी अर्थमन्त्रीलाई यस्तो आग्रह गरेका थिए ।

‘यहाँको उत्साहले मलाई यति भन्न प्रेरित गरेको छ, डा. स्वर्णिम वाग्ले यहीँ हुनुहुन्छ, उहाँले अबको बजेट लेख्न सुरु गर्नुस्’, त्यसबेला उनले भनेका थिए, ‘नेता र एउटा पार्टीका रूपमा हामीले गर्नुपर्ने काम गर्छौँ । देशलाई निकास दिन, कुशासन र भ्रष्टाचार हटाउन आवश्यक सबै कदम चाल्छौँ ।’

हेर्नुहोस् भिडियो-

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ७ : ५२ बजे

पुराणको रकमबाट घाट निर्माण

झापा– बिर्तामोड नगरपालिका–८ स्थित देउनिया खोलामा स्थानीयवासीको सक्रियता र पुराणबाट

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४