एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी « Khabarhub

एमाले छाडिसकेका अरगरियालाई ओलीले दिए पार्टीको जिम्मेवारी


१६ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा गरेको अवस्थामा पनि जिम्मेवारी पाएका छन् ।

पार्टीमा गुटबन्दी बढ्दै गएको गुनासो गरेका उनले आफ्ना कुराको पनि सुनावाइ नभएको भन्दै गत आइतबारदेखि एमाले परित्याग गरेका थिए।

तर उनले पार्टी छाडेको ५ दिनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पठाएको अन्तरपार्टी निर्देशनमा अरगरियालाई पनि जिम्मेवारी दिइएको हो ।

उनले एमाले केन्द्रीय सदस्यकै हैसियतमा मिसन पार्टी जागरण धनुषाको संयोजक तोकिएको हो । पूर्वमन्त्री समेत रहेका अरगरिया २०७९ असोज ८ गते एमाले नेता महेश बस्नेतको जोडबलमा लोकतान्त्रिक समाजवादी पार्टी छाडेर आएका थिए । तर पछिल्लो समय उनले पार्टी जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि जनाएर एमाले छाडेका थिए ।

अरगरियाले धनुषा क्षेत्र नम्बर २ बाट २०७९ र र २०८२ मा दुई पटक प्रतिनिधिसभामा एमालेबाट लडे। तर दुवै पटक उनी पराजित हुन पुगे ।

मधेशवादी दल लोसपाबाट एमालेमा आएपछि फलिफाप हुन नसकेर विरक्तिएका उनले पार्टी छाडेका थिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  ९ : २० बजे

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो