अमेरिकी सेनाको आक्रमणमा तीन जनाको मृत्यु « Khabarhub

अमेरिकी सेनाको आक्रमणमा तीन जनाको मृत्यु


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी सेनाले पूर्वी प्रशान्त महासागरमा एउटा डुङ्गामा शुक्रबार आक्रमण गर्दा तीन जना लागूऔषध तस्करको ज्यान लिएको अधिकारीहरूले बताएका छन् ।

गएको हप्तामा भएको यो तेस्रो घातक आक्रमण हो भने ट्रम्प प्रशासनले सेप्टेम्बरमा आक्रमण सुरु गरे देखि मृत्यु हुनेहरूको सङ्ख्या कम्तिमा १९८ पुगेको एएफपिले जनाएको छ । 

सामाजिक सञ्जाल एक्सको पोस्टमा, युएस साउदर्न कमान्डले  उक्त जहाज पूर्वी प्रशान्तमा  नार्को–तस्करी अपरेसनमा संलग्न रहेको जनाएको छ ।

 सामाजिक सञ्जालमा पोष्ट गरिएको आक्रमणको भिडियो फुटेजमा खुला समुद्रमा बसिरहेको जहाज ठुलो विस्फोटले डुबाएको देखाइएको छ ।

अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा अपरेसन ‘साउदर्न स्पियर’ सुरु गरेको हो भने राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाबाट सञ्चालित लागूऔषध तस्करहरूसँग अमेरिका कडा  युद्धमा रहेको बताएका छन् ।

कानुनी विज्ञहरू तथा अधिकार समूहहरूले स्पष्ट रूपमा अमेरिकाका लागि तत्काल खतरा पैदा नगर्ने नागरिकहरूलाई लक्षित अमेरिकी आक्रमणहरू गैरन्यायिक हत्याको कारण हुने बताएका छन् । 

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  १२ : ४१ बजे

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित