पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत « Khabarhub

पत्रकारले कलमको शक्ति र लेखनको सार्थकतामा ध्यान दिनुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पाटन– पूर्वप्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पत्रकारहरूले कलमको शक्ति र लेखनको  सार्थकतामा ध्यान दिनुपर्ने बताएका छन्  । 

शनिबार आयोजित नेपाल पत्रकार महासङ्घ ललितपुरको २५ औँ वार्षिक साधारणसभामा उहाँले पत्रकारिता र सुशासनको मूल्यमान्यतालाई केन्द्रविन्दुमा राखेर जिम्मेवारीपूर्वक पत्रकारिता गर्न आग्रहसमेत गरे। 

राउतले भने, ‘हरेक पेसामा पेसागत मर्यादा र नैतिकताको धरातल महत्त्वपूर्ण हुन्छ । पत्रकारिताको लेखाइ र बोलाइको तागतबाट परिवर्तन हुन्छ भन्नेमा हामी प्रष्ट छौँ । त्यसैले पत्रकारले घृणा र द्वेष फैल्याउनु हुँदैन । कलमको शक्तिलाई समृद्ध र समुन्नत नेपालका लागि उपयोग गर्नुपर्छ ।’

कार्यक्रममा ललितपुर पत्रकारिता पुस्तकसमेत विमोचन गर्दै उनले शब्दसँग अथाह शक्ति हुने भएकाले पत्रकारितामा त्यसको प्रयोग सही ढङ्गले हुनुपर्ने बताए। 

‘सनसनी फैल्याउने नाममा शब्द र सन्दर्भको गलत प्रयोग भएमा त्यसले ठूलो क्षति गर्छ ।  त्यसैले  पेसागत मूल्यमान्यताको पालना गर्दै पत्रकारिताको धर्म निर्वाह गर्न आवश्यक छ’, पूर्वप्रधानन्यायाधीश राउतको भनाइ थियो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष नितु पण्डितले पत्रकार र पत्रकारितामाथि प्रश्न उठिरहेको अवस्थामा जिम्मेवारीपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए । 

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले ग्रामीण क्षेत्रका महत्त्वपूर्ण समाचार पनि उजागर हुन नसकेको भन्दै पत्रकारले सबै क्षेत्रका सवालको प्रतिनिधित्व हुने गरी स्वनियमन र विवेकपूर्वक पत्रकारिता गर्नुपर्नेमा जोड दिए । उनले परम्परागत सञ्चारमाध्यम आर्थिक संकटमा रहेको अवस्थामा सूचना प्रविधिमा नै आधारित रहेर संरक्षण र प्रवर्द्धनमा लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा महासङ्घ काठमाडौँ शाखाका अध्यक्ष शोभा अर्याल, भक्तपुर शाखाका अध्यक्ष सुन्दर सिल्पकार, नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीलगायतले आफ्नो धारणा राखेका थिए । 

कार्यक्रममा सम्राट आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट राजधानी दैनिकका सम्पादक डिल्ली आचार्यलाई सम्मान गरिएको थियो । 
 

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ४ : ३४ बजे

अन्तर्राष्ट्रिय उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट

गण्डकी– सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने

९८ दिनको प्रसूति बिदा छ महिना बनाउन प्रस्ताव : सुत्केरीमाथि हिंसा गरे कारबाही

काठमाडौँ – सरकारले ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन,

चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहार पछि सुरु गरिने (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ चक्रपथ सुधार योजनाअन्तर्गत ८.२ किलोमिटर दूरीको दोस्रो चरणको

शिक्षा मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रका समस्याबारे सरोकारवालासँग छलफल गर्दै

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी) क्षेत्रका

झापा अदालतबाट ६० प्रतिशत मुद्दा फर्स्योट

झापा– जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२–८३ मा कूल सात