सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह « Khabarhub

सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह


१७ जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन त्याग्न आग्रह गरेकी छन् ।

‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’ का सन्दर्भमा आज सन्देश जारी गर्दै उनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ताहरूलाई आजैबाट यसलाई त्याग्न सङ्कल्पका लागि आग्रहसमेत गरिन् । 

सन्देशमा मन्त्री मेहताले भनेकी छन्,’सुर्तीजन्य पदार्थको लत त्याग्ने प्रयास सुरुमा कठिन हुन  सक्छ, तर दृढ इच्छाशक्ति परिवारको साथ र स्वास्थ्यकर्मीको सही परामर्शले यो पूर्णरूपमा सम्भव छ ।’

मन्त्री मेहताले आधुनिक र फरक देखिने नाममा भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको प्रयोग र प्रलोभनमा नपर्न पनि आग्रह गरेकी छन् । सुर्तीजन्य पदार्थ वा भेपको लतबाट मुक्त हुन चाहनेका लागि मन्त्रालयले सहयोग र परामर्श उपलब्ध गराउनेसमेत उनले उल्लेख गरे । 

मन्त्री मेहताले इ—सिगरेट, भेप हुक्कामा परम्परागत सुर्तीजन्य पदार्थमा जस्तै हानिकारक निकोटिन र विषाक्त तत्त्व हुने भएकाले कुनै भ्रममा नपर्न पनि अनुरोध गरेकी छन् । 

‘सुर्तीजन्य पदार्थको प्रयोग एक गम्भीर जनस्वास्थ्य चुनौती बनिरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा करिब २९ प्रतिशत मानिस सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन्’, सन्देशमा भनिएको छ, ‘देशमा हरेक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने तथ्याङ्क अत्यन्त दुःख र  सबैका लागि चिन्ताको विषय हो । त्यसैले यसको लत छोड्न आग्रह छ ।’

मन्त्री मेहताले किशोर किशोरीलाई लक्षित गरी सुर्ती उद्योगले अपनाएका नयाँ रणनीतिहरू चुनौतीका रूपमा रहेका भन्दै उद्योगलाई मानव स्वास्थ्यमा गम्भीर बन्न आग्रह गरेकी छन् । 

उनले सन्देशमा भनेकी छन्, ‘विभिन्न स्वादमा पाइने, हेर्दा आकर्षण र आधुनिक देखिने सुर्तीजन्य तथा निकोटिनयुक्त उत्पादनलाई सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण बजारीकरण गर्ने काम भइरहेको छ, जसले समस्यालाई झनै गम्भीर बनाएको छ । अब यस्तो नगरौँ । सुर्तीजन्य पदार्थको उपभोगलाई निरुत्साहित गर्न लागौँ ।’

मन्त्री मेहताले सुर्तीजन्य पदार्थका विद्यमान चुनौतीको सामना गर्न सरकारले नियन्त्रण र नियमनसम्बन्धी कानुन व्यवस्थापनको प्रभावकारी कार्यान्वयन विशेष जोड दिएको बताएकी छन् । 

नेपालमा आज ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम  चिरौँ;  कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी दिवस मनाइँदै छ ।
 

प्रकाशित मिति : १७ जेठ २०८३, आइतबार  ११ : २२ बजे

एक घण्टा ढिला गरी बसेको राष्ट्रियसभा बैठक २० मिनेटको लागि स्थगित 

काठमाडौं– राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक वर्षका

इबोला प्रकोप व्यवस्थापनमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता : डब्लुएचओ

बुनिया– विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर– स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच वृद्धिका

बजेटले अर्थतन्त्र चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सृजना गर्यो : सिबिफिन

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले सरकारले आगामी

काठमाडौँमा सतही भेलको समस्या : के हो समाधान ?

तपाईं काठमाडौँमा बस्नुहुन्छ भने पछिल्ला दिनमा पानी पर्दा सडकमा कति