एभरेस्ट टुरिजम अवार्ड २०२६ काठमाडौंमा सम्पन्न « Khabarhub

एभरेस्ट टुरिजम अवार्ड २०२६ काठमाडौंमा सम्पन्न


१७ जेष्ठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एभरेस्ट टुरिजम अवार्ड २०२६ पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको छ।

सन् १९७५ मा दक्षिण-पश्चिम मार्गबाट सगरमाथाको शिखरमा पहिलो सफल आरोहण टोलीसँगै पुगेर इतिहास रचेका पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । पर्यटन क्षेत्रमा पुर्‍याएको योगदान कदर स्वरुप शेर्पालाई अवार्डसहित ५१ हजार एक सय ५१ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको हो।

सामाजिक योगदान, मानवता सेवा तथा शान्ति स्थापनाका प्रयासहरूको कदर गर्दै प्रदान गरिएको ‘पिस हिरो अवार्ड २०२६’ पप्पु यादव (राजेश रञ्जन) लाई प्रदान गरिएको छ ।

एभरेस्ट टुरिजम अवार्ड २०२६ अन्तर्गत विभिन्न व्यक्तित्वहरूलाई एभरेस्ट टुरिजम सम्मान प्रदान गरिएको छ। सम्मानित हुनेहरूमा यज्ञप्रसाद गौतम, सुनार बहादुर गुरुङ, विटिद्नान रोजानापनिच (थाइल्याण्ड), बुद्धि नारायण श्रेष्ठ र जोआओ गार्सिया (पोर्चुगल) रहेका छन् ।

साथै, ‘साहसिक पर्यटन उत्कृष्टता अवार्डबाट (पर्वतारोहण)’ अन्तर्गत प्रिन्स फैसल अल साउद (साउदी अरब), निकोल कोवाल्चुक (रूस), पुरुषोत्तम सानु, कल्पना महर्जन, कुञ्जाङ छोपेल शेर्पा, एड्रियाना ब्राउनली (बेलायत), जो हार्भे (अष्ट्रेलिया), किशोर साहि (क्यानियोनिङ), आङ छिरिङ शेर्पा, सानो बाबु सुनुवार (प्याराग्लाइडिङ) लगायतलाई सम्मान गरिएको छ।

यसैगरी ग्लोबल माउन्टेनियरिङ एक्सिलेन्स अवार्ड निर्मल पुर्जालाई प्रदान गरिएको छ । टुरिजम एक्सिलेन्स पर्सनालिटी अवार्डअन्तर्गत डा. रवि शर्मा आर्याल, डा. रमेशराज कुँवर, बेलायतका एण्ट मिडलटन तथा कलाकार अनमोल केसी, कविता नेपाली र माननीय नीलम पौडेललाई सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा सम्पूर्ण सहभागीहरूलाई आयोजक संस्थाकी अध्यक्ष सत्यकला लामाले हृदयदेखि धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन्।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आइतबार  १२ : ५० बजे

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी

दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित

काठमाडाैं – कप्तान दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतकप्रेरित सुदूरपश्चिम रोयल्सले नेपाल