डा.केसीको समर्थनमा टिचिङ अस्पतालका विद्यार्थी आन्दोलित « Khabarhub

डा.केसीको समर्थनमा टिचिङ अस्पतालका विद्यार्थी आन्दोलित


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डडेल्धुरामा अनसनरत डाक्टर गोविन्द केसीको सत्याग्रहमा समर्थन जनाउँदै टिचिङ अस्पतालका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

डा. केसीले टिचिङ अस्पतालबाट अवकास प्राप्त गरिसकेको अवस्थामा पनि त्यहाँका विद्यार्थीहरुले डा. केसीको आन्दोलनमा ऐकेवद्धता जनाउँदै चरणबद्द आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

डडेल्धुरा पुगेर आफ्नो १७ औं सत्याग्रहमा रहेका केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि विद्यार्थीहरुले आफ्नो गुरुको जीवनरक्षाको माग गरेका छन् ।

” सेभ जिकेसी” भनेर मैनबत्ती बाल्दै गर्दा , विद्यार्थीहरु आक्रोशित देखिन्थे । आफ्ना गुरुलाई पटक-पटक सरकारले धोका दिँदै मरे मरोस भन्ने शैलीमा बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् ।

आफ्नो कार्यावधिमा डा. केसीले टिचिङ अस्पतालमा बसेर पुर्याएको सेवाको स्मरण गर्दै विद्यार्थीहरुले डा केसीको आन्दोलनमा साथ दिएका हुन् ।

” जब डा. केसी यहाँ हुनुहुन्थ्यो तब उहाँले दिनरात नभनी बिरामी जाँच्नुभयो , हामीलाइ अर्थोपेडिक्सको कखरा चिनाउनुभयो । त्यतिमात्र हाम्रो इन्स्टिच्युटलाई राजनैतिक भागबन्डाले थङथिलो बनाएको थियो , त्यस्तो अवस्थामा आफ्नो ज्यानको बाजी थाप्दै टिचिङ अस्पतालका लागि लडिरहनु भयो । तसर्थ अहिले सेवानिवृत्त हुनु भयो भन्दैमा हामीले यहाँ चुप बस्न मिल्दैन । ” आन्दोलनका कार्यक्रम घोषणा गर्दैगर्दा नेपाल मेडिकल स्टुडेन्ट सोसाइटिका अध्यक्ष डा. शक्ति चौरासियाले भने ।

धर्ना, र्‍याली लगायतका कार्यक्रम घोषणा गरेका विद्यार्थीहरुले डा केसीका मागमा सरकार गम्भीर नभएमा अस्पतालको सेवा ठप्प पार्ने सम्मको कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : २९ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका